काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना व्यक्त गर्दै महाधिवेशन सफल हुने विश्वास प्रकट गरेकी छन्। उनले पार्टीले विद्यमान जटिल राजनीतिक परिस्थितिको सामना गर्दै अग्रगति हासिल गर्ने दृढ अपेक्षा व्यक्त गरेकी छन्।
जारी गरिएको सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनलाई सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर*का रूपमा उल्लेख गरेकी छन्। उनका अनुसार महाधिवेशन केवल पार्टीभित्रको आन्तरिक प्रक्रिया मात्र नभई आम जनताको समेत महत्वपूर्ण चासोको विषय हो।
विशेष परिस्थितिका कारण एक वर्षअघि नै हुन लागेको महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपमा परिपक्व नेतृत्व, अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी प्रतिनिधि छनोटमा पार्टी पङ्ति जिम्मेवार हुने विश्वास उनले व्यक्त गरेकी छन्।
भण्डारीले आफ्नो पार्टी सदस्यता विधानसम्मत रूपमा नवीकरण भइसके पनि नेतृत्वले ‘अनुचित रूपमा’ रोकेको आरोप लगाउँदै यसपटक महाधिवेशनमा आफू भौतिक रूपमा सहभागी नहुने स्पष्ट पारिन्। तर पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले आफू निरन्तर साथमा रहने उनले बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रवादी, देशभक्त र प्रगतिशील नेपाली जनताको भरोसा र विश्वासको धरोहरका रूपमा रहेको नेकपा (एमाले)लाई समृद्ध बनाउने दिशामा महाधिवेशन पूर्ण सफल होस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: