Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

ओली–ईश्वरको तानातानमा विष्णु पौडेल, अरु को कता खुले ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल निर्माण गर्ने आन्तरिक तयारीमा जुटेका छन् । अहिले नेताहरूले समूह परिवर्तन गर्ने र बार्गेनिङ गरिरहेकाले स्पष्ट प्यानल बनिसकेको छैन ।

आफूअनुकूल विधान संशोधन गराउँदै केपी शर्मा ओली तेस्रो कार्यकाल अध्यक्ष हुने दौडमा छन् । ओलीसँगै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । ओली र पोखरेल दुवै नेता प्यानल निर्माण गर्दै अगाडि बढ्ने आन्तरिक तयारीमा जुटिसकेका छन् ।

अध्यक्षपछि शक्तिशाली पद महासचिव हो । ओली र पोखरेल समूहबाट महासचिवको उम्मेदवार को हुने दुवै नेता त्यसको खोजीमा छन् । दुवै नेताले प्यानल निर्माण गर्दै आफ्नो जित सुनिश्चित गर्न खोजेका छन् भने कतिपय नेता तानातानमा परेका छन् । ओली र पोखरेल दुवैसँग नजिक रहेका र खुल्न नसकेका नेता अहिले तानातानमा परेका छन् ।

त्यसैमध्येका एक नेता विष्णु पौडेल हुन् । हाल एमाले उपाध्यक्षको जिम्मेवारीमा रहेका पौडेललाई ओलीले आफैसँग राख्न खोजेका छन् भने पोखरेलले आफ्नो समूहमा भिब्याउन खोजेका छन् । पौडेललाई पोखरेलले वरिष्ठ उपाध्यक्षको अफर दिएका छन् । तर, पौडेलले मुख खोलेका छैनन् ।

उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठसहितका नेताहरू पोखरेलको समूहमा लागिसकेका छन् । यस समूहबाट विष्ट र भट्टराईले महासचिव हुने आकांक्षा पोखरेलसमक्ष राखेका छन् । तर, महासचिव पदमा कसले उम्मेदवारी दिने टुंगो लाग्न बाँकी छ ।

उता, ओली समूहबाट शंकर पोखरेल नै महासचिवमा दोहिरिन खोजेका छन् । तर, ओली समूहबाटै उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीले महासचिव पदको दाबी गरेको एमाले स्रोतले जनाएको छ । शंकरको नाममा सहमति नजुटे उनलाई उपाध्यक्ष बनाउने ’boutमा छलफल जारी छ । गुरुङ आफ्नो अडानबाट पछाडि नहट्नेमा अडिग छन् । गुरुङ पछि नहटे ज्ञवालीलाई उपमहासचिवमै निरन्तरता दिनेगरी ओलीले छलफल चलाएका छन् ।

अहिले पदाधिकारीमा रहेका नेताका साथै पूर्वमाओवादी नेताहरूलाई समेत व्यवस्थापन गर्न ओलीलाई सकस छ । उपाध्यक्ष रामबहादुर थापादेखि सचिव लेखराज भट्टसहितका नेतालाई व्यवस्थापन कसरी गर्ने भन्ने ’boutमा ओली छलफलमा छन् । अहिलेको स्थायी कमिटीमा रहेका अधिकांश नेताहरूले पदाधिकारी हुने आकांक्षा राखेका छन् ।

ओलीलाई तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न बाटो खोल्नेगरी गत भदौ तेस्रो साता एमालेको विधान संशोधन गरिएको थियो । संशोधनका क्रममा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको प्रावधान हटाइएको थियो ।

२०६५ फागुनमा भएको आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसँग ओली पराजित भए । महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए । बुटवलमा भएको आठौं महाधिवेशनमा पोखरेल खनाल समूहबाट महासचिव विजयी भए । पोखरेलले त्यतिबेला ओली समूहबाट महासचिवमा उम्मेदवारी दिएका प्रदीप नेपाललाई पराजित गरेका थिए ।

२०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा माधवकुमार नेपाल र ओलीका बीचमा प्रतिस्पर्धा भएको थियो । आठौं महाधिवेशनमा खनालसँग पराजित ओली नवौं महाधिवेशनमा नेपाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।

नवौं महाधिवेशनमा समूह परिवर्तन गर्दै ओली प्यानलबाट महासचिवमा पोखरेल दोस्रो कार्यकालका लागि विजयी भए । नेपाल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गरेका थिए । नवौं महाधिवेशनमा महासचिवमा पराजित पाण्डे १०औं महाधिवेशन (सौराहा)मा ओली समूहबाट उपाध्यक्ष भए ।

यसैगरी, २०७८ मंसिरमा चितवनको सौराहामा भएको १०औं महाधिवेशनमा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भए । दुई कार्यकाल महासचिव भएका पोखरेल सौराहाको महाधिवेशनमा ओली समूहबाटै वरिष्ठ उपाध्यक्ष भए । नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकर पोखरेल १०औं महाधिवेशनमा ओली समूहबाट निर्विरोध महासचिवमा निर्वाचित भए ।

आठौं महाधिवेशनमा खनाल तथा नवौं र १०औं महाधिवेशनमा ओली समूहमा रहेका पोखरेल ११औं महाधिवेशनमा ओलीसँगै अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् । विगतमा ओलीसँग प्रतिस्पर्धा गरेका माधव, झलनाथ, भीम रावलसहितका नेताहरू अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा छन् ।

गत भदौ तेस्रो साता भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, ३ महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ । यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ । आगामी महाधिवेशनमा यही पदमा प्रतिस्पर्धा हुँदै छ ।

यसैगरी, एमालेले केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरेको छ । पोलिटब्युरो र केन्द्रीय कमिटीको संरचना रहनेछ । २ सय ५१ को एक तिहाइ ८४ सदस्यीय पोलिटब्युरो हुनेछ । स्थायी कमिटी नरहने भएकाले धेरै नेता पोलिटब्युरोमै रहनेछन् । केन्द्रीय सचिवालयको व्यवस्था हटेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने र विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको मागसहित कानुनी लडाइँमा रहेको एमालेले आगामी २७ देखि २९ मंसिरमा पार्टीको ११औं महाधिवेशन गर्दै छ । काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनोटसहित आन्तरिक तयारीमा एमाले नेताहरू जुटेका छन् ।

गत २० देखि २२ भदौमा दोस्रो विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले राजनीतिक, सांगठनिक एवं विधान संशोधनसहितका प्रस्ताव पारित गरिसकेको छ । ओली तेस्रो कार्यकालका लागि अध्यक्ष हुने दौडमा रहेकै बेला मंगलबार एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यस घोषणासँगै एमाले अध्यक्षका लागि ओली र पोखरेलबीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending