Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

ह्याट्रिक गर्न ओलीलाई ईश्वर पोखरेलले रोक्लान् ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिदेखि नेतृत्व छनोटसम्म प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा सर्वसम्मत तरिकाले प्रतिनिधि छनोट हुँदै आएको थियो। यस पटक भने महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत तरिकाले नभए प्रतिस्पर्धाबाट छान्ने छुट पार्टीले दिएको छ। 

यही मंसिर १३ गते प्रतिनिधि छनोट हुँदै छ। प्रतिनिधिमा छनोट हुन जिल्ला–जिल्लामा प्रतिस्पर्धा गर्नेहरुको सूची सार्वजनिक भएको छ। यसबाट मूल नेतृत्वका लागि पनि प्रतिस्पर्धा हुने प्रस्ट भएको छ। केपी शर्मा ओली अध्यक्षमा ह्याट्रिक गर्न चाहन्छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

ओलीलाई तेस्रो कार्यकालका लागि पनि अध्यक्ष बन्न पाउने बाटो गत भदौमा २२ गते सम्पन्न विधान महाधिवेशनले खुला गरिदिएको छ। त्यसपछि ओली पक्षका नेताहरुले प्यानलको तयारी गरिरहेका छन्। सकेसम्म सर्वसम्मत तरिकाले प्रतिनिधि र नेतृत्व चयनमा जोड दिँदै आएका ओलीले प्रतिस्पर्धा गर्नबाट पनि कसैलाई नरोक्ने बताएका छन्। 

केही दिनअघि बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा आफ्नो दाबी रहने र ओलीलाई अभिभावक भएर बस्न आग्रह गरेका थिए। जवाफमा ओलीले प्रतिस्पर्धा गर्न सबैलाई छुट हुने बताएका थिए। नागरिकसँगको अन्तर्वार्तामा पनि ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबैलाई छुट भएको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मंगलबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि ओली समूह सशंकित भएको छ। यो समूहले पार्टीका तल्ला निकायलाई ओलीलाई समर्थन गर्ने प्रतिधिधि छनोट गर्ने निर्देश गरेको छ। पोखरेलले पनि आफू निकट नेताहरुसँग बारम्बार भेटघाट गर्दै आएका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीले अध्यक्षमा पोखरेललाई अघि सारेकी हुन्। एमालेका धेरै नेताले पोखरेल अध्यक्षको उम्मेदवार हुन नसक्ने भन्दै आएका बेला उनले भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने भन्दै ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पोखरेलेको यो घोषणाको प्रभाव प्रतिनिधि छनोटमा पनि पर्नेछ। ११ औं केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ।

यसैबिच ओलीले आफू तेस्रो पटकका लागि पनि अध्यक्ष बन्ने बताएका छन्। उनले कार्यकर्ताको मागका आधारमा तेस्रो पटक अध्यक्ष बन्न लागेको बताएका हुन्। पोखरेलले पार्टी पुनर्गठनको दिशामा जान लागेको बताएका छन्। ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ पोखरेलले भनेका छन्।

उनले उम्मेदवारी घोषणाका क्रममा ‘पार्टीका कमरेडहरूलाई योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न’ आफू प्रतिबद्ध रहेको बताए। 

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले वक्तव्यमा भनेका छन्, ‘अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्छु।’

पोखरेलले प्रतिनिधि छनोटमा उच्च विवेक प्रयोग गर्न पनि पार्टीपंक्तिलाई आग्रह गरेका छन्। ‘यतिबेला नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन तयारीका कामहरू सुरु भएका छन्। पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्। प्रतिनिधि छनोटमा उच्च विवेक प्रयोग, स्वस्थ्य, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यलाई हार्दिक आह्वान गछैु’, पोखरेलले भनेका छन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: