काठमाडौं । नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः कडा आन्दोलनमा जान तयारी गरेको छ । सरकारले विगत वर्षको अनुदान रकम भुक्तानी नगरेको र उखुको न्यूनतम समर्थन मूल्य तोक्न ढिलाइ गरेकाप्रति आपत्ति जनाउँदै महासंघले मंसिर १३ गतेभित्र समस्या समाधान नभए देशव्यापी आन्दोलन थालिने चेतावनी दिएको हो ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा गरिएको पत्रकार सम्मेलनमा किसानहरुले आफूहरुले पाउनुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको अनुदान रकम अझै नपाएको उल्लेख गरे । महासंघका उपाध्यक्ष महेशचन्द्र यादवले विगत वर्ष सरकारले तोकेको ३५ रुपैयाँ प्रति क्विन्टलअनुसार पर्ने सो अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने माग दोहोर्याए ।
‘हाम्रो कठिन मेहनत र लगानीको प्रतिफल पाउन हामी वर्षौँदेखि संघर्षमै छौं । ७५ करोड रुपैयाँ अनुदान सरकारले १३ गतेभित्र भुक्तानी गरेन भने हामी बाध्य भएर सडकमा उत्रनुपर्छ,’ यादवले भने ।
त्यस्तै, किसानहरुले उखुको उत्पादन लागत, चिनी उद्योगको स्थिति र बजार मूल्यलाई ध्यानमा राखेर उखुको प्रतिक्विन्टल मूल्य न्यूनतम ७५० रुपैयाँ तोक्नुपर्ने माग राखेका छन् । मूल्य निर्धारणका प्रक्रियामा नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधि सहभागी हुने प्रणाली कायम गर्नुपर्ने उनीहरूको जोड छ ।
आजै किसानहरुले कृषिमन्त्री डा. मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई मागसहितको ज्ञापनपत्र बुझाएका छन् । माग स्वतः सम्बोधन नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै अनिश्चितकालीन राजमार्ग जाम गर्दै आन्दोलन चर्काउने चेतावनी महासंघले दिएको छ ।
किसानहरुका अनुसार सरकारले बारम्बार आश्वासन दिए पनि अनुदान भुक्तानी र मूल्य सम्बन्धी समस्यामा ठोस प्रगति देखिन नसक्दा आफूहरु कठोर कदम चाल्न बाध्य भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: