सुलीकोट। आगमी निर्वाचनलाई ध्यानमा राख्दै गोरखा जिल्लामा मतदाता नामवाली दर्ता गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा बढेको छ । असोज ९ गतेबाट सुरु भएको मतदाता नामवालीमा दर्ता गर्ने अन्तिम दिन मङ्सिर ५ गते शुक्रबारसम्म उक्त सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए।
उनका अनुसार आगामी फागुन २१ ग्ते प्रतिनिधि सदस्यको निर्वाचन गर्ने गरी तोकेसँगै मङ्सिर ५ गते शुक्रबारसम्म आइपुग्दा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
‘‘दर्ता प्रक्रियामा युवादेखि वृद्धसम्मको सक्रिया सहभागिता देखिएको छ,’’ कार्यालय प्रमुख टेकबहादुर कोइरालाले भने फोटोसहितको नामवली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेकोमध्ये जसमा ९०८ पुरुष र ५९४ महिला छन् ।’’
त्यस्तै ६ हजार २३५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत नामवाली दर्ता गराएका छन् भने यस अघिको निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा मतदाता बन्ने उमेर पुगेका युवाहरुको सहभागिता सर्वाधिक छ । विशेष गरी उच्च शिक्षा अध्ययनरत युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु तथा महिलाको उपस्थितिले मतदाता नामावली अद्यावद्यिक अभियानलाई उत्साहित बनाएको छ ।
गोरखामा मतदाताको सहभागिता विगत वर्षमा भन्दा उत्साहजनक छ । नागरिकहरु आफ्नो मतधिकारलाई जिम्मेवारीका रुपमा लिन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
जिल्लामा हालसालै देखिएका विकास निर्माणकाा मुद्दा र स्थानीय शासनप्रति नागरिकको बढ्दो चासोले पनि मतदाताको सक्रियता बढाएको देखिन्छ । अहिलेका नागरिक अब आफ्नो मतले विकासको दिशा निर्धारण गर्छ भन्ने कुरामा बढी सजग बनेका कारण मतदाता नामवलीमा नाम लेखाउनको सङ्ख्या बढेको बताइएको छ ।
मतदाता नामवालीमा बढ्दो सहभागिताले गोरखामा हुने आगमी निर्वाचनलाई प्रतिस्पर्धात्मक, प्रभावकारी र समावेशी बनाउन सहयोग पुर्याउने देखिन्छ । लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन नागरिकहरु उत्साहित हुँदै अघि सरिरहेको यस परिवर्तनलाई स्थानीय स्तरमा सकारात्मक विकासको रुपमा हेरिएको छ ।
नयाँ नामवलीमा नाम दर्ता भएकामध्ये अधिकांश किशोर जेनजी उमेर समूहका रहेका बताइएको छ । यस अघि प्रतिनिधि सभाको निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: