Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

गोरखामा थपिए सात हजारभन्दा बढी मतदाता

खबरडबली संवाददाता

सुलीकोट। आगमी निर्वाचनलाई ध्यानमा राख्दै गोरखा जिल्लामा मतदाता नामवाली दर्ता गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा बढेको छ । असोज ९ गतेबाट सुरु भएको मतदाता नामवालीमा दर्ता गर्ने अन्तिम दिन मङ्सिर ५ गते शुक्रबारसम्म उक्त सङ्ख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए।

उनका अनुसार आगामी फागुन २१ ग्ते प्रतिनिधि सदस्यको निर्वाचन गर्ने गरी तोकेसँगै मङ्सिर ५ गते शुक्रबारसम्म आइपुग्दा गोरखामा कुल सात हजार ८७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

‘‘दर्ता प्रक्रियामा युवादेखि वृद्धसम्मको सक्रिया सहभागिता देखिएको छ,’’ कार्यालय प्रमुख टेकबहादुर कोइरालाले भने फोटोसहितको नामवली दर्ता गराउनेको सङ्ख्या एक हजार ५५० रहेकोमध्ये  जसमा ९०८ पुरुष र ५९४ महिला छन् ।’’

त्यस्तै ६ हजार २३५ जनाले राष्ट्रिय परिचयपत्र मार्फत नामवाली दर्ता गराएका छन् भने यस अघिको  निर्वाचनपछि र नयाँ दर्ता भएको समेत गरी गोरखामा मतदाताको सङ्ख्या दुई लाख २९ हजार ७६६ पुगेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।  

गोरखामा मतदाता बन्ने उमेर पुगेका युवाहरुको सहभागिता सर्वाधिक छ । विशेष गरी उच्च शिक्षा अध्ययनरत युवाहरु वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु तथा महिलाको उपस्थितिले मतदाता नामावली अद्यावद्यिक अभियानलाई उत्साहित बनाएको छ ।

गोरखामा मतदाताको सहभागिता विगत वर्षमा भन्दा उत्साहजनक छ । नागरिकहरु आफ्नो मतधिकारलाई जिम्मेवारीका रुपमा लिन थालेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

जिल्लामा हालसालै देखिएका विकास निर्माणकाा मुद्दा र स्थानीय शासनप्रति नागरिकको बढ्दो चासोले पनि मतदाताको सक्रियता बढाएको देखिन्छ । अहिलेका नागरिक अब आफ्नो मतले विकासको दिशा निर्धारण गर्छ भन्ने कुरामा बढी सजग बनेका कारण मतदाता नामवलीमा नाम लेखाउनको सङ्ख्या बढेको बताइएको छ ।

मतदाता नामवालीमा बढ्दो सहभागिताले गोरखामा हुने आगमी निर्वाचनलाई प्रतिस्पर्धात्मक, प्रभावकारी र समावेशी बनाउन सहयोग पुर्‍याउने देखिन्छ । लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन नागरिकहरु  उत्साहित हुँदै अघि सरिरहेको यस परिवर्तनलाई स्थानीय स्तरमा सकारात्मक विकासको रुपमा हेरिएको छ ।

नयाँ नामवलीमा नाम दर्ता भएकामध्ये अधिकांश किशोर जेनजी उमेर समूहका रहेका बताइएको छ । यस अघि प्रतिनिधि सभाको निर्वाचनमा दुई लाख २१ हजार ९८१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending