काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका नेता जनार्दन शर्माले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर नयाँ पार्टी गठन गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा शर्माले प्रचण्डलाई मठाधीशको संज्ञासमेत दिएका छन्। उनले भने, “सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल हौं।”
पार्टी घोषणा सभामा शर्माले मानव विकास, विश्व र मुलुकको राजनीतिबारे विश्लेषणात्मक घोषणा पत्र प्रस्तुत गरेका थिए। उनले विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्राहको बलिदानी खेर जान नदिने राजनीतिक पहल अनिवार्य भएको बताए।
शर्माले भने, “हाम्रो पार्टी केही दर्जन राजनीतिक दलहरूमाथि नयाँ दल थप्ने वा नेता उत्पादन गर्ने उद्देश्यले होइन, हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक र सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा स्थापना भएको हो।”
शर्मा भने “मानव सभ्यताको केन्द्रमा राजनीति हुने भएकाले यसको नेतृत्व सही नभए समग्र सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा गम्भीर असर पर्छ। त्यसकारण प्रगतिशील लोकतान्त्रिक पार्टीको मुख्य कार्यभार वर्तमान गतिहीन राजनीतिको पुनर्संरचना गर्नु हो। पार्टीले देशका सबै क्षेत्र, बौद्धिक वर्ग, जातजाती, धर्म, लिङ्ग र भूगोलका प्रतिनिधि समावेश गरेर समग्र पुनर्संरचना गर्नेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १०:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...
चैत्र १४ गते, २०८२ - १०:२५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...
चैत्र १४ गते, २०८२ - १०:१९
काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...
चैत्र १४ गते, २०८२ - १०:१२
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा ...
चैत्र १४ गते, २०८२ - ०९:४८
बनेपा। शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्...
चैत्र १४ गते, २०८२ - ०९:४३
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेको छन्। पार्टी केन...
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...
चैत्र १३ गते, २०८२ - १७:२५
काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ। मुस्ताङ एयरका प्रबन्ध नि...
चैत्र १३ गते, २०८२ - १७:२१
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको पहिलो मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: