Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

रोल्पामा जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्

खबरडबली संवाददाता

रोल्पा । उमेरले १५ वर्ष लागे उनी । बालबालिकाको नैसर्गिक अधिकारले भन्छ, शिक्षा, स्वास्थ्य, खेलकुद र अभिभावको माया ममतामा संरक्षण पाउनु मौलिक अधिकार हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारका विजय विकका लागि यी सबै बालअधिकार कथाजस्तै भएका छन् । उनी कक्षा ४ मा पढ्दापढ्दै विद्यालय जान सकेनन् । चौध वर्षसम्म उनले आफ्नो नामबाहेक अरु केही लेख्न जाँन्दैनथ्ये । किताब पढ्न र अक्षर चिन्न सक्दैनथ्ये ।

विजय छिमेकी र आफन्तीले रक्सी, चुरोट जे किन्न पठाए पनि जान्छन् र किनेर ल्याइदिन्छन् । रक्सी र चुरोट किन्दाकिन्दै उनले आफू कुलतमा फसेको बताउँछन् । “छिमेकी तथा आफ्न्तले बाबु रक्सी, चुरोट किनेर ल्याइदेन भन्नुहुन्छ”, उनी भन्छन्, “किन्दाकिन्दै सुरुमा अलिअलि चाखेँ, अहिले खाने बानी भइसक्यो ।”

विजयको घर र बुबाको पहिचान छैन । उनी मामाघरमा हजुरआमासँग बस्दै आएका छन् । उनका आमा नौसरा विकका अनुसार विजयको जन्म डाँगी थरका एक जना युवासँग प्रेम सम्बन्धपछि विजयको जन्म भएको हो ।

नौसराले भनिन्, “आफू गर्भवती भएको जानकारी केटाका पक्षलाई दिएर सन्तान स्वीकर गर्न अनुरोध गर्दा अस्वीकार गरेपछि घटना अदालती मुद्दामामिलासम्म पुगेको थियो ।”
लगातार चार वर्ष मुद्दा लडेपछि जग्गाजमिन बेचेर घरबासमा मात्रै सीमित हुनुपरेको हजुरआमा (मामाघर) की गोमती विकले बताइन् । उनका अनुसार छोरीको विवाहभन्दा पनि गर्भमा रहेको सन्तानको अधिकारका लागि धेरै मुद्दा लड्दालड्दै सम्पत्ति सकिएको हो ।

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनको भनाइ छ । गाँउमा सबैलाई विजय कसको हो भन्ने थाहा छ भन्दै उनले समाज चुप भएर बसिदिएकाले छोरी र नातीले न्याय नपाएको बताइन् ।

समाजको तिरस्कार र बुबाको नाम नखुलेको बालकलाई होच्याउने, हेप्ने व्यवहारका कारण विजयले वेवारीसेजस्तै जीवन बिताइरहेको हजुरआमा गोमतीले उल्लेख गरिन् । उनले पनि विजयको बुबा डाँगी थरको भएको दाबी गरिन् ।

आमा नौसराले भनिन्, “छोराले पटकपटक मेरो बुबा को हो ? भनी सोध्दा जवाफ दिन नसक्ने हुन्छु । उसलाई सम्झाउन ‘तेरो बुबा डाँगी थर’ का हुन् भन्छु । सोही कारणले पनि विजयको थर डाँगी लेखेर स्कुलमा भर्ना गरेका थियौँ ।”

“स्थानीय जनजागृती माविमा कक्षा ३ सम्म उनी ‘विजय डाँगी’ थरमा चिनिए । त्यतिबेला उनलाई थर लेखेकै भरमा स्कुलदेखि समाजका व्यक्तिले डाँगी किन लेखेको ? भन्दै होच्याउन थाले । डाँगी लेखेर मनोवैज्ञानिक रूपमा उनलाई डर र त्रास देखाउन थालेपछि विजयलाई जानकारी नगराई स्कुलले विक थर लेखिदिएको हो”, हजुरआमा गोमतीले भनिन् । नातीले तीन कक्षासम्म मात्र पढेको बताउँदै उसले लेख्दै आएको डाँगी थर परिवर्तन भएर विक भएपछि स्कुल जान नमानेको उनले जानकारी दिइन् ।

“मैले स्कुलमा सरलाई लेखिआएको थर लेख्दिनु भनेँ तर, कसैले मान्नुभएन । अहिले नाती गाउँघरमा बरालिँदै समय बिताइरहेको छ । घरमा टोलाउँछ, कहिले रुन्छ र कराउँछ”, उनले भनिन् । 

एकल महिला गोमतीले आफूले पाएको भक्ताबाट खर्चमा नाती पाल्दै आएकी छन् । गाउँघरमा डाँगी थरको छोरो भएकाले ज्यान जोखिममा भएको उनको भनाइ छ ।

स्कुलमा थर परिवर्तन भएपछि विजय मनोवैज्ञानिक रूपमा विक्षिप्त भएको हजुरआमा गोमतीले बताइन् । 

उनलाई स्कुल पढ्ने मन छ । तर, घरको वातावरण नहुँदा अलपत्र परेका छन् । वडाबाट बनेको जन्मदर्तामा बुबाको नाम ‘थाहा नभएको’ उल्लेख छ भने आमाको थर (विक)बाट लेखिएको छ । विजयको पढाइलेखाइसँगै दैनिक खर्च जुटाउने स्थिति नभएपछि आमा नौसरा भारतमा मजदुरी गर्छिन् भने हजुरआमाले पाल्ने स्थिति नभएको बताइएको छ । 

आमा नौसरा र हजुरआमाले विजय डाँगी लेख्न अनुरोध गर्दा पनि वडाले स्वीकार नगरेको गोमतीको भनाइ छ । वडा सचिव चन्द्रप्रसादको हस्ताक्षर रहेको विजयको जन्मदर्तामा बाबु थाहा नभएको लेखिएको छ ।

स्थानीय सरकारको विभिन्न कर्तव्यमध्ये आफ्नो वडामा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै शारीरिक र मानसिक स्वास्थ्यको हेरचार गर्नुपर्ने हो । तर, वडा कार्यलय र विद्यालयसमेतले विजयलाई पढ्नेलेख्ने अनुकूल वातावरण मिलाउन सकेको छैन । फलस्वरु विजय विद्यालय विहीन भएका हुन् ।

त्रिवेणी–५ का वडाअध्यक्ष कृष्ण केसीका अनुसार विजयकी आमाले नौसराले उनको बुबा डाँगी थरको भएको भन्दै केटा पक्षसँग मुद्दामामिला गरेकी थिइन् । डाँगी थर लेख्न भनेर उनकी आमा र हजुरआमाले जोड गर्दै आएका उनले स्वीकार गरे । यद्यपी विवाह दर्ताको प्रमाण नभएकाले जन्मदर्तामा भने डाँगीको ठाउँमा आमाको नामबाट विक लेख्न बाध्य भएको उनले बताए । 

वडाध्यक्ष केसीले बच्चाले आफ्नो इच्छाएको थर लेख्न पाउने अधिकार रहेको बताउँदै विद्यालयद्वारा थर परिवर्तन गरिनु गलत भएको स्वीकार गरे । 

जनजागृत माविका प्रधानाध्यापक जीवराज भण्डारीले विजयको थर एक कक्षादेखि डाँगी लेख्दै आएको स्वीकार गरे । पछि डाँगी थर किन लेखेको भनेर बाहिरी दबाब आएपछि विक लेख्न सल्लाह मात्रै दिएको उनले बताए । यद्यपी प्रधानाध्यापक भण्डारीले विद्यालयमा विजय स्कुल आउन छोड्नुको कारण भने आफूलाई थाहा नभएको उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending