काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस गरेको लिखित जवाफमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको जिकिर गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ रिटमा जवाफ पेस गर्दै उनले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने दाबी गरेका छन्।
ओलीले २०७७ पुस र २०७८ जेठमा प्रतिनिधिसभा विघटनको सिफारिस आफूले नै गरे पनि अहिले भने उनले त्यो कदम असंवैधानिक रहेको तर्क प्रस्तुत गरेका छन्। त्यतिबेला उनले प्रधानमन्त्रीलाई विशेषाधिकार हुने भन्दै विघटनको बचाउ गरे पनि अहिले उल्टो धारणा दिएका छन्।
उनले संविधानको धारा ७६ विपरित सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको दाबी गर्दै भनेका छन् “त्यो दिन म कामचलाऊ प्रधानमन्त्री थिएँ, मैले कार्कीलाई नियुक्त गर्ने कुनै सिफारिस वा सहमति दिएको थिइनँ।”
ओलीले संविधानको धारा १३२ (२) उद्धृत गर्दै प्रधानन्यायाधीश वा न्यायाधीश अन्य सरकारी पदमा नियुक्त हुन नपाउने व्यवस्थाका कारण कार्कीको नेतृत्वमा बनेको सरकार नै असंवैधानिक भएको उल्लेख गरेका छन्।
तर, राष्ट्रपति कार्यालयले भने भदौ २७ गते कार्कीलाई नियुक्त गर्दा तत्कालीन प्रधानमन्त्रीको सिफारिस र सहमति रहेको स्पष्ट रूपमा विज्ञप्तिमा उल्लेख गरेको थियो।
ओलीका अनुसार यदि सरकार नै असंवैधानिक भए, त्यसले गरेका सबै निर्णय पनि स्वत: अवैध हुन्छन्। त्यसैले, कार्कीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन पनि संविधानविपरीत भएकाले बदर गर्नुपर्ने उनको तर्क छ।
जवाफमा ओलीले आफ्नो दल एमालेको निर्णय भएको पनि उल्लेख गरेका छन्। उनले जेनजी आन्दोलनलाई “अराजक अवस्थाका लाभग्राही” भन्दै आलोचना गरेका छन्। २४ गतेको घटनालाई २३ गतेको आन्दोलनले उत्पन्न गरेको दाबी गर्दै, कार्कीलाई “अदृश्य रूपमा प्रधानमन्त्री बनाइएको” आरोप पनि उनले लगाएका छन्।
ओलीले अन्त्यमा लेखेका छन् “राज्यसत्ता कब्जा गर्ने अदृश्य गतिविधि पुष्टि भएकाले भदौ २४ गते असामान्य अवस्था सिर्जना भयो, त्यसपछि संविधानिक प्रक्रिया अघि बढाउन मैले राजीनामा दिएको हुँ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: