काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा जारी तनावलाई हिंसात्मक रूप लिन नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन्।
प्रचण्डका अनुसार लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा बदल्नु लोकतान्त्रिक संस्कृतिविरुद्ध हो। उनले राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र नेताहरूलाई निर्वाध हिँडडुल तथा सभा–सम्मेलन गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।
आगामी निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि नकारात्मक प्रभाव रोक्नुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले स्थानीय पार्टी पंक्तिलाई परिस्थितिलाई सामान्य बनाउन सहयोगी भूमिका निभाउन निर्देशन दिएका छन्।
बाराको सिमरामा बुधबार जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो। एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता सिमरा आउने जानकारी पाएपछि जेनजी युवाले रोक्न खोज्दा स्थिति तनावग्रस्त बनेको थियो। बिहीबार पनि सिमरा बजारमा तनाव कायम रहेको प्रशासनले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १४:२४
काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...
चैत्र १४ गते, २०८२ - १४:१६
काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् । ...
चैत्र १४ गते, २०८२ - १०:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...
चैत्र १४ गते, २०८२ - १०:२५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएक...
चैत्र १४ गते, २०८२ - १०:१९
काठमाडौँ। नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि सरकारको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आपत्ति ...
चैत्र १४ गते, २०८२ - १०:१२
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा ...
चैत्र १४ गते, २०८२ - ०९:४८
बनेपा। शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्...
चैत्र १४ गते, २०८२ - ०९:४३
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानुनी दफाहरुको कुनै आधार नभएको दाबी गरेको छन्। पार्टी केन...
चैत्र १३ गते, २०८२ - १७:३३
काठमाडौं । नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पो...
चैत्र १३ गते, २०८२ - १७:२९
काठमाडौं । नवगठित सरकारले २३ र २४ भदौमा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने न...



प्रतिकृया लेख्नुहोस्: