काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसाइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा स्वदेश ल्याइएको जानकारी दिएको छ।
राजदूतावासका अनुसार म्यानमारको म्यावडी क्षेत्रमा अवैधरूपमा सञ्चालन भइरहेका ‘अनलाइन डेटिङ’, ‘अनलाइन क्यासिनो’, ‘गेमिङ’, ‘फिसिङ’ तथा ‘क्रिप्टो ठगी’ जस्ता कार्यमा जबरजस्ती लगाइएका ती नेपालीहरू १९ अक्टोबर २०२५ मा म्यानमार सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा मार्ने क्रममा भागेर थाइल्याण्ड प्रवेश गरेका थिए। उनीहरूलाई आज मंसिर ३ गते नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल ल्याइएको हो।
यसअघि पनि विभिन्न मुलुकमा यस्तै प्रकारका अवैध गतिविधिमा पर्न बाध्य बनाइएका नेपालीहरूको उद्धार जारी रहेको राजदूतावासले जनाएको छ। म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीलाई शीघ्र स्वदेश फिर्ता गराउने प्रक्रियामा समन्वय भइरहेको जानकारी राजदूतावासले दिएको छ।
राजदूतावासले वैदेशिक रोजगारीका नाममा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा ‘छिटो र धेरै पैसा कमाउने’ भनी विभिन्न व्यक्तिहरूले फैलाउने भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जानु सुरक्षित हुने राजदूतावासको सुझाव छ।
आमसञ्चार माध्यम तथा नागरिक समाजलाई जोखिमपूर्ण वैदेशिक रोजगारीका यस्ता घटना दोहोरिन नदिन सचेतना फैलाउन सहयोग गर्न पनि राजदूतावासले अनुरोध गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: