Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जेनजी युवामाथि कुटपिट गरेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ तथा वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी रहेका छन्। दुबै जना नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

बुधबार सिमरामा भएको वादविवादका क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई नियन्त्रणमा लिएको हो। आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए।

प्रहरीले बाँकी चार जनालाई पक्राउ नगरेको भन्दै जेनजी युवाहरूले बिहीबार बिहान १० बजेदेखि सिमरा चोकमा टायर बाल्दै पुन: प्रदर्शन सुरु गरेका छन्। प्रदर्शनका कारण सिमराको यातायात सेवा ठप्प बनेको छ।

एमालेले बुधबार बाराको परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। सो कार्यक्रममा सहभागी हुन उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका शीर्ष नेता काठमाडौंबाट सिमरा आउने तयारीमा थिए। त्यसअघि जेनजी अगुवा सम्राट उपाध्यायले सामाजिक सञ्जालमार्फत् मंगलबार राति एमालेको कार्यक्रम असफल पार्ने उद्देश्यसहित शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका थिए।

त्यही विषयलाई लिएर बुधबार बिहान सिमरा चोकमा एमाले नेता–कार्यकर्ताले उपाध्यायमाथि हातपात गरेको घटना भएपछि स्थिति एकाएक तनावग्रस्त बनेको थियो। आक्रोशित युवाहरू एमाले कार्यकर्तालाई पछ्याउँदै सिमरा विमानस्थलसम्म पुगेपछि अवस्था झनै चर्किएको थियो।

जेनजी युवाहरूले विमानस्थलको मुख्यगेट समेत भत्काएका थिए। उनीहरूले विमानस्थल परिसरभित्र ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै निरन्तर नाराबाजी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र लाठीचार्ज गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

मकवानपुरमा गाडी दुर्घटना हुँदा तीन जना घाइते

मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...

घण्टाघर नजिक थकाली रेस्टुरेन्टमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...

चिनियाँ परराष्ट्रमन्त्रीद्वारा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् ।  ...

पक्राउपछि ओली शिक्षण अस्पताल भर्ना, एनेक्स वानको ५०१ नम्बर बेडमा राखियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)भर्ना भएका छन् । उनलाई अस्पतालको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending