फुङलिङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति भएको हो ।
स्थानीय बजारमा व्यवसाय सञ्चालन गरेर बस्नु भएका इन्द्र कुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए। प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढि राजकुमार ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रजिअ सेँढाइका अनुसार इन्द्रकुमारको घर जलेर नष्ट हुँदा ४३ लाख, अनिलको २० लाख र बिष्णुप्रसादको पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट इन्द्रकुमार घरमा डेरा गरी बस्नु भएका दोर्ची शेर्पाको २५ मन अलैँची समेत जलेर नष्ट भएको छ । आगलागीबाट नै दुई ओटा मोटरसाइकल, सुनचाँदी, नगद, पशु चौपाया, लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक कागजात समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
रातको समय भएकाले कुनैपनि सामग्री निकाल्न नपाएको र नियन्त्रणका लागि दमकल पानीको समेत अभाव भएकाले बढि क्षति भएको स्थानीयको भनाइ छ । आगो बिहान साढे ५ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । पार्किङ गरी राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - १६:५७
काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...
चैत्र २८ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...
चैत्र २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...
चैत्र २८ गते, २०८२ - १६:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...
चैत्र २८ गते, २०८२ - १६:०७
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...
चैत्र २८ गते, २०८२ - १५:५५
विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...
चैत्र २८ गते, २०८२ - १५:४५
नेपालगन्ज। बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएक...
चैत्र २८ गते, २०८२ - १५:३७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई नि:शुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्र...
चैत्र २८ गते, २०८२ - १५:०६
इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस...
चैत्र २८ गते, २०८२ - १३:३७
खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...


प्रतिकृया लेख्नुहोस्: