काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गरेका छन्।
मंगलबार विघटित एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “एउटा कानुनी लडाई लड्छौँ, दोस्रो सडक सङ्घर्ष गर्छौँ। हाम्रो सङ्घर्ष संवैधानिक, शान्तिपूर्ण र जनताको जीवन रक्षा गर्ने हुनेछस आगजनी वा तोडफोडमा आधारित हुनेछैन।”
पूर्वप्रधानमन्त्री ओलीले हालको सरकारलाई असंवैधानिक ठहर गर्दै यसलाई हटाउनुपर्ने र कानूनी उपचार खोज्ने बताएका छन्। उनले भदौ २३ र २४ को आन्दोलनलाई देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दुको रूपमा वर्णन गर्दै, यसलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन्।
अध्यक्ष ओलीले थपे, “न्याय संविधानको नजरमा हुनुपर्छ। पुनर्स्थापनाबाहेक अर्को संवैधानिक बाटो छैन। मैले संविधान धेरै पटक पढेँ र यसलाई पूर्ण रूपमा असंवैधानिक ठानेको छु।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...
चैत्र १४ गते, २०८२ - १५:११
मकवानपुर। भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्ती स्थित सडक खण्डमा हाइस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ...
चैत्र १४ गते, २०८२ - १४:२४
काठमाडौं । काठमाडौंस्थित घण्टाघर नजिक रहेको एक थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन्। आगलागी...
चैत्र १४ गते, २०८२ - १४:१६
काठमाडौँ। चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार सम्हाल्लेकोमा हार्दिक बधाई ज्ञापन गरेको छन् । ...



प्रतिकृया लेख्नुहोस्: