Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय भवन संहिता (कोड) परिमार्जन गरी लागू गरेको छ। 

पुरानो कोडमा रहेका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मापदण्डसँग नमेलिने व्यवस्था, जटिल डिजाइन प्रक्रिया र अनावश्यक रूपमा खर्च बढ्ने पक्षलाई सुधार गर्दै नयाँ कोड राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो।

नवीन संहिताले अब भवन मात्र होइन, जलविद्युत परियोजनाका बाँध, विद्युतगृह, सुरुङलगायत भूमिगत संरचनाको डिजाइन र निर्माणका लागि समेत मार्गदर्शन प्रदान गर्नेछ। शहरी विकास मन्त्री कुलमान घिसिङले परिमार्जित कोडलाई देशको सुरक्षित भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम भन्दै, यसले सम्भावित भूकम्पबाट हुने जनधनको क्षति न्यूनिकरणमा मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले स्थानीय तह, इन्जिनियर तथा सर्वसाधारणलाई भवन निर्माणका क्रममा नयाँ कोड कडाइका साथ पालना गर्न आग्रह गरे। संशोधित संहितामा देशभरका ७५३ वटै स्थानीय तहलाई समेटेर नयाँ सिस्मिक जोनिङ म्याप तयार गरिएको छ, जसले स्थानअनुसार डिजाइनका लागि स्पष्ट दिशानिर्देश दिनेछ। साथै, माटोको वर्गीकरण सुधार गर्दै काठमाडौँ उपत्यकाका माटोको विशेष विवरणसमेत समावेश गरिएको छ।

नयाँ कोडमा हिमपात, तरल र माटोको दवाव लगायतका कारकहरू समेटेर लोड संयोजन सूत्र अद्यावधिक गरिएको छ। संरचनाको लचिलोपन (ductility) सुधार गर्न थप मापदण्ड समावेश गरिएकाले भवनहरूले भूकम्पीय ऊर्जा अझ राम्रोसँग वहन गर्न सक्नेछन्। 

अग्ला भवनहरूको स्थायित्वका लागि ‘सफ्ट स्टोरी’ र ‘टोर्सनल इरेगुलारिटी’ जस्ता समस्यामा नियन्त्रण गर्ने प्रावधानसमेत सुधार गरिएको छ, जसले निर्माण लागतमा कमी आउने अपेक्षा गरिएको छ।

नयाँ कोड तयार पार्ने प्रक्रियामा सिनेप, विभिन्न पेशागत संघसंस्था, विश्वविद्यालयका प्राध्यापक तथा अन्य प्राविधिक सरोकारवालासँग विस्तृत छलफल गरी प्राप्त सुझावहरू समेटिएको सरकारको भनाइ छ। साथै, अन्तर्राष्ट्रिय कोड तथा प्रचलित अभ्यासहरूको अध्ययन गरी संहितालाई समयानुकूल, प्रयोगमैत्री र प्राविधिक रूपमा सुदृढ बनाइएको बताइएको छ।

पुरानो कोडमा अन्तर्राष्ट्रिय मापदण्ड पर्याप्त नहुँदा देखिएका प्राविधिक समस्यालाई समाधान गर्ने उद्देश्यले परिमार्जित संहिताले भवनको भूकम्पीय क्षति कम गर्ने, मानव सुरक्षालाई प्राथमिकता दिने, डिजाइन–निर्माण प्रक्रियामा एकरूपता र पारदर्शिता ल्याउने, स्थानीय तहमा वैज्ञानिक मूल्यांकनलाई सहज बनाउने, दीर्घकालीन लागत कम गर्ने तथा मर्मत–सम्भारलाई सरल बनाउने अपेक्षा गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending