तुलसीपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निर्भयपूर्ण वातावर भए नेकपा एमाले निर्वाचनमा जाने बताएको छन् ।
उनले आसन्न निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक अवसर बताउँदै निष्पक्ष, निर्भय र स्वच्छ वातावरणमा निर्वाचन हुनुपर्ने बताए।
प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै ज्ञवालीले भने, ‘‘निर्वाचन लोकतन्त्रको आत्मा हो, त्यसैले यो कुनै नाटक मञ्चन होइन । जनताले भयमुक्त वातावरणमा मत दिन पाउनुपर्छ ।”
उहाँले हालको सरकार संविधानले अस्वीकार गर्ने किसिमले बनेको दाबी गर्दै उहाँले “संविधानले प्रम बन्न नपाउने पात्र आज प्रधानमन्त्री बनेका छन्, यसले लोकतन्त्रलाई घाइते बनाएको छ ।”
ज्ञवालीका अनुसार, भदौ २३ र २४ का घटनालाई बहाना बनाएर सरकारले विपक्षी शक्तिलाई दमन गर्न खोजेको छ । उनले प्रहरी चौकीबाट लुटिएका आधुनिक हतियार र बाहिर रहेका अपराधीहरूका कारण समाज भयग्रस्त बनेको बताए।
उनले भने“दल र उम्मेदवार निर्भय भएर बुथसम्म जान पाउनुपर्छ, अन्यथा निर्वाचन नाटक मात्रै हुन्छ ।” उनले एमालेलाई लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी बताउँदै फागुन २१ गते तोकिएको निर्वाचनमा पार्टी पूर्ण तयारीसहित जाने बताए ।
कार्यक्रम प्रेस चौतारी दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता र तुलसीपुर नगर अध्यक्ष वसन्त परियारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: