Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

कांग्रेस केन्द्रीय समिति बैठकले सकेन महाधिवेशनको विवाद सुल्झाउन, अब देउवालाई कुर्ने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवादमा अन्तिम निर्णय लिने तयारी गरेको छ। स्वास्थ्य उपचारका लागि १० कात्तिकमा सिंगापुर गएका देउवा शुक्रबार फर्कने तय भएको छ।

२८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सक्रिय राजनीतिबाट केही समयका लागि अलग भएका थिए। देउवा अनुपस्थित रहेकै समयमा पार्टीभित्र नियमित वा विशेष महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद चर्किएपछि नेताहरूले अन्तिम निर्णयका लागि उनलाई पर्खिरहेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठकमा अझै केही पदाधिकारीहरूले धारणा राख्न बाँकी छ। धारणा प्रस्तुत गर्ने क्रम बिहीबारसम्म सकिएपछि देउवासँग परामर्श गरेर अन्तिम निष्कर्ष निकालिने जनाइएको छ। पार्टीका एक नेताका अनुसार, ‘महाधिवेशन, निर्वाचन र प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी एजेन्डा सभापति देउवासँग छलफल गरेपछि मात्रै टुंगो लाग्नेछ।’

जेन–जी आन्दोलनपछि कांग्रेस निर्वाचनमुखी देखिए पनि पछिल्लो समयमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा पनि संस्थापनपक्षभित्र उठ्न थालेको छ। देउवाको निर्देशनमा कांग्रेसका केही निवर्तमान सांसदहरूले संसद् पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा जाने तयारीसमेत गरेका छन्।

पार्टीभित्र यस मुद्दामा दुई धार देखिएका छन्। एक पक्षले संसद् पुनःस्थापनालाई वैकल्पिक एजेन्डाका रूपमा खुला राख्नुपर्ने बताइरहेका छन् भने अर्को पक्ष भने आगामी निर्वाचनलाई नै प्राथमिकता दिनुपर्नेमा अडानमा छ।

जेन–जी आन्दोलनपछि कांग्रेसले सुरु गरेको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मिति र स्वरूपमा सहमति नजुटेकै कारण निष्कर्षविहीन बन्दै आएको छ। सात पूर्वपदाधिकारीहरूले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि कुनै पनि महाधिवेशन नगर्न अडान लिएकाले कार्यवाहक सभापति खड्का निष्क्रिय बनेका छन्।

पार्टीभित्रका नेताहरूका अनुसार, जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक वातावरणमा महाधिवेशनको समय निर्धारण देउवाको भूमिकासँग जोडिएको छ। केही नेताहरूले पुस पहिलो साताभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् भने सात पूर्वपदाधिकारीहरूले निर्वाचनपछि मात्रै महाधिवेशन हुनुपर्ने अडान लिएका छन्।

पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, विजयकुमार गच्छदार र प्रकाशशरण महतले निर्वाचनअघि महाधिवेशन गर्न नहुने तर्क दोहोर्याउँदै आएका छन्। उनीहरूमध्ये सिटौला र निधि विशेष रूपमा संसद् पुनःस्थापनाको विपक्षमा र निर्वाचनका पक्षमा रहेका छन्।

यसैबीच, सभापति देउवानिकट नेता रमेश लेखकले भने पार्टी विभाजनको जोखिम टार्न नियमित महाधिवेशनको तयारी तत्कालै सुरु गर्नुपर्ने सुझाव दिएका छन्। उनले पुसभित्रै महाधिवेशनको कार्यतालिका बनाउने वा कम्तीमा त्यसको पूर्वतयारी गर्नुपर्ने बताएका छन्।

तर सात पूर्वपदाधिकारीले चुनावअघि कुनै पनि प्रकारको महाधिवेशन असम्भव रहेको ठहर गर्दै वैशाखमा मात्र नियमित महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। इतरपक्षका नेताहरू भने त्यसलाई चुनाव लम्ब्याउने रणनीति भनेर सशंकित छन्।

सभापति देउवा फर्किएपछि पार्टीभित्रका यी सबै विवाद र निर्णयहरू उनको परामर्शपछि मात्रै टुंगोमा पुग्ने देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE