काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने उद्योगहरूले किस्ताबन्दी योजना स्वीकृत गरी पहिलो किस्ता तिरेपछि देशभरका काटिएका उद्योगहरूमा विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार निर्धारण गरिएको २८ किस्तामध्ये पहिलो किस्ता बुझाएका उद्योगहरूमा विद्युत् वितरण पुनः सञ्चालनमा आएको हो। यसअघि बक्यौता नतिरेका कारण प्राधिकरणले देशभरका २५ उद्योगको विद्युत् लाइन बन्द गरेको थियो। तीमध्ये एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले अझै भुक्तानी नगरेका कारण बन्द नै रहेका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हाल प्रिमियम बक्यौताका कारण कुनै पनि उद्योगको लाइन काटिएको छैन। प्राधिकरणले असोज १२ गते सूचना जारी गर्दै बक्यौता रकमलाई २८ किस्तामा तिर्न २१ दिनको समय दिएको थियो।
उद्योगहरूबीच हुलास स्टिलले पहिलो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ र सिमरास्थित अशोक स्टिल्सले ६३ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ।
यस किस्ताबन्दी योजनाबाट ठूलो परिमाणको बक्यौता असुलीमा प्राधिकरणलाई सहजता पुगेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: