Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जेनजी आन्दोलनमा भएको दमनप्रति म जिम्मेवार छैन: पूर्वगृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौं। निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताएका छन्।

बुधबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले सरकारका तर्फबाट यस सम्बन्धमा न त लिखित न त मौखिक रूपमा कुनै सूचना प्राप्त भएको बताएका हुन्।

‘मलाई आजसम्म सरकारले लिखित वा मौखिक रूपमा स्थानहद गरेको, पासपोर्ट रोक्का गरेको भनेर कुनै जानकारी दिएको छैन,’ लेखकले बैठकमा भने, ‘कुन संविधान, कुन कानुन, कुन ऐन अन्तर्गत, के प्रयोजनका लागि र कति अवधिका लागि मलाई स्थानहद गरिएको हो भन्ने विषयमा पनि जानकारी छैन।’

लेखकका अनुसार उनले करिब दुई महिना अघि सरकारको उक्त निर्णयबारे समाचार माध्यमबाट मात्रै सुनेका हुन्। ‘निवर्तमान प्रधानमन्त्री र म लगायतलाई स्थानहद गरेको र पासपोर्ट रोक्का गरिएको रहेछ भन्ने कुरा म समाचारबाटमात्रै थाहा पाएको हुँ,’ उनले स्पष्ट पारे।

लेखकले जेनजी आन्दोलनमा भएको दमनप्रति आफू जिम्मेवार नभएको दाबी पनि बैठकमा गरेका छन्। उनका अनुसार गृहमन्त्रीका रूपमा रहँदा उनले सुरक्षा संयन्त्रलाई बारम्बार ‘कुनै अप्रिय घटना नहोस्’ भन्ने निर्देशन दिएका थिए।

‘प्रधानमन्त्री वा मन्त्रीले दमन गर्न आदेश दिने विषय नै होइन,’ लेखकले भने, ‘२२ गते साँझ र भोलिपल्ट बिहान पनि मैले गृहसचिव र दुवै प्रहरीका महानिरीक्षकलाई क्याजुअल्टी नहोस् भनेर पटक–पटक भनेको छु। त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले सञ्चारमाध्यममा समेत सार्वजनिक गर्नुभएको छ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending