काठमाडौँ – मातृभूमि जागरण अभियान औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभियानका नेता भीम रावलले सहमति पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन्।
सहमतिसँगै रावल आजै राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपामा समाहित हुनेछन्। कार्यक्रममा संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता रावलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
रावलको पार्टी वरीयता:
एकता सहमतिअनुसार, भीम रावललाई नेकपामा छैटौँ वरीयता दिइने भएको छ। उनको अघि क्रमशः पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन्।
सहमतिका ७ बुँदा:
राष्ट्रिय हित र सार्वभौमिकता: नेपालको सर्वोपरी हित, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान र आत्मनिर्णयको अधिकार सुरक्षित राख्दै बाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति अगाडि बढाउने।
समाजवाद र सामाजिक न्याय: आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि समाजवाद र सामाजिक न्यायको मान्यतामा आधारित कार्यमा प्रतिबद्ध रहने।
एकता महाधिवेशन: आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने; सबै तहमा अभियानका क्रियाशील सदस्यलाई नेकपामा समायोजन गर्ने।
रावलको जिम्मेवारी: पार्टीमा मातृभूमि जागरण अभियानका संयोजक रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।
दस्तावेज तयारी: पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम सम्बन्धी दस्तावेजहरू आपसी समन्वयमा तयार गर्ने।
पार्टी सञ्चालन: पार्टी सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने; सामूहिक नेतृत्व र जनवादी केन्द्रीयता अपनाइने।
एकीकरण कार्यदल: आवश्यकताअनुसार विभिन्न तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गर्ने।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: