कावासोती। पूर्वी नवलपरासीका आठ स्थानीय तहमा कार्यरत अस्थायी र करार गरी १७८ जना कर्मचारीलाई हटाइएको छ । आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरवलोकन तथा योजना मापदण्ड निर्माणका विषयमा अध्ययन गर्न बनेको कार्यदल र सरकारको निर्णयले अस्थायी र करार कर्मचारीलाई हटाइएको बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्रसुनारी मगरले बताए । गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, बुलिङटार, बौदीकाली, हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकाका १७८ कर्मचारी अस्थायी र करार प्रकृतिका रहेको र उनीहरू सबैलाई जागिरबाट हटाइएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए ।
पालिकाहरूले अस्थायी र करार कर्मचारीको अभिलेख तयार गरिरहेको अवस्थामा सरकारले समेत अस्थायी र करार कर्मचारी कामबाट हटाउन निर्देशन दिएपछि ती कर्मचारीलाई हटाइएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए । सरकारले अस्थायी र करार कर्मचारी हटाउन देशभरकै स्थानीय तहलाई निर्देशन गरेपछि पालिकाहरूले भर्ती गरेका अस्थायी र करार कर्मचारी सबै हटाइएको कावासोती नगरपालिकाका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए।
यसअघिका पालिका प्रमुखहरूले मनोमानि ढङ्गबाट करार र अस्थायी पद सिर्जना गरी जथाभावी कर्मचारी राख्न थालेपछि अहिले चुलिएको विवादका कारण अस्थायी र करार रूपमा रहेको पशु, कृषि, कार्यालय सहायक र अन्य कर्मचारी गरी पूर्वी नवलपरासीमा मात्रै यति ठुलो सङ्ख्यामा जागिर गुमाउने रहेको बौदीकाली गाउँपालिकाका पूर्वअध्यक्ष दुर्गाबहादुर रानामगरले बताए। पालिकाले आफैँ दरबन्दी सिर्जना गरेर कर्मचारी जथाभावी राख्न थालेपछि पूर्वी नवलपरासीमा अहिले कर्मचारी भर्ना तथा नियुक्ति प्रक्रियाको छानबिन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...
फाल्गुन २७ गते, २०८२ - १५:३७
काठमाडौँ। निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू ...
फाल्गुन २७ गते, २०८२ - १५:२१
काठमाडौँ। बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ। त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलका प्रवक्ता स...
फाल्गुन २७ गते, २०८२ - १४:५८
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वज...
फाल्गुन २७ गते, २०८२ - १४:४६
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका ल...
फाल्गुन २७ गते, २०८२ - १४:३३
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मे...
फाल्गुन २७ गते, २०८२ - १४:१२
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आगामी आइतबारदेखि सुनुवा...
फाल्गुन २७ गते, २०८२ - १३:५९
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...



प्रतिकृया लेख्नुहोस्: