Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

देउवा दम्पतीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछु: ज्ञानेन्द्र कार्की

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा। आरजु राणा देउवामाथि भएको आक्रमणलाई समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन्।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै, कार्कीले ‘जेनजी आन्दोलन’का क्रममा देउवा दम्पतीमाथि भएको आक्रमणलाई लोकतान्त्रिक मूल्य र संस्थामाथिको गंभीर आघातको रूपमा व्याख्या गरे।

उनले भने, “उहाँहरू माथि भएको आक्रमण उहाँहरू व्यक्तिगत रूपमा मात्र नभई समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली कांग्रेसमाथिको प्रत्यक्ष प्रहार हो। दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न म जोडदार माग गर्दछु।”

नेता कार्कीले आन्दोलनका क्रममा शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताहरूका निजी निवास, व्यवसायिक प्रतिष्ठान र ऐतिहासिक स्थलहरूमा भएको तोडफोड, लुटपाट र आगजनीलाई ‘अकल्पनीय र विध्वंसकारी घटना’ का रूपमा चित्रित गरे।

उनका शब्दमा, “यो घटना स्वस्फूर्त थिएन, सुनियोजित र योजनाबद्ध थियो। अहिले जुन किसिमको दण्डहीनताले प्रश्रय पाइरहेको छ, यदि यसलाई रोकिएन भने राज्य अकल्पनीय अस्थिरतातर्फ जानेछ।”

कार्कीले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र उचित व्यवस्थापनका लागि सरकारसँग तत्काल कदम चाल्न आग्रह गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ भारी मतान्तरले विजयी, कांग्रेस उम्मेदवार खत्री दोस्रो

गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...

इलाम–१ मा कांग्रेसका निस्कल राई विजयी, त्रिपक्षीय प्रतिस्पर्धामा नेम्वाङ दोस्रो

काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...

धनुषा–१ मा रास्वपा उम्मेदवारको उम्मेदवारी खारेजीबारे सर्वोच्चको कारण देखाऊ आदेश, मतपरिणाम अझै स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...

ओखलढुंगामा हराएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए, अब के होला ?

काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...

झापामा गौरादह मेयर छत्रपति सुवेदीमाथि हातपात, आरोपी पक्राउ

विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...

राष्ट्रिय सभाका निर्वाचित सांसदले गरे शपथ ग्रहण

काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...

धनुषा–१ मा किशोरी साह कमलको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकमा तीन लाख कटायो

काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE