सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो उत्पादन र सांस्कृतिक पहिचान झल्काउने रैथाने बालीहरू संरक्षण गर्ने काम तीव्र पारेको छ। चिनो, कागुनो, उवा, लट्टे, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई रैथाने बालीको रूपमा सूचीकृत गर्दै ‘मूल्यवान्’ लोगो कार्यक्रम लागू गरिएको छ।
प्रदेश सरकारले निजी तथा सहकारी क्षेत्रसँग मिलेर उत्पादन, पैकिङ र बिक्री व्यवस्थापन गर्दै रैथाने बालीको बजार मूल्य अभिवृद्धि गर्ने प्रयास थालेको छ। मूल्यवान् लोगो टाँसिएका प्याकेजमा उत्पादन मिति, तौल, उत्पत्ति स्थल र ग्रेड खुलाइएको हुनुपर्छ।
कर्णालीले खाद्यान्न आत्मनिर्भरता हासिल गर्न चार जिल्लामा पर्याप्त उत्पादन भएको छ। सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र जुम्ला जिल्लामा वार्षिक उत्पादनले आवश्यकताभन्दा बढी खाद्यान्न उपलब्ध गराइन्छ भने डोल्पा, हुम्ला, मुगु र कालीकोटमा केही अभाव छ।
प्रदेश सरकारले खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना र कृषकलाई अनुदान तथा कर्जा सुविधा उपलब्ध गराउने नीति लागू गरेको छ। पाँच हेक्टरभन्दा बढी खेती गर्ने कृषकको ऋणको सम्पूर्ण ब्याज प्रदेश सरकारले भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
खाद्यान्न व्यवस्थापनका लागि प्रदेशले बिक्री केन्द्र, सुपथ मूल्य पसल र डिपोमार्फत वितरण प्रणाली व्यवस्थित गरेको छ। चालु आवमा २७ गाउँ केन्द्रित सुपथ मूल्य पसल सञ्चालनमा छन् भने अघिल्लो वर्ष २६ हजार २३९ क्विन्टल चामल बिक्री गरिएको थियो।
कर्णाली सरकारले रैथाने बाली संरक्षण र खाद्यान्न आत्मनिर्भरता अभियान मार्फत कृषि विकास, सांस्कृतिक पहिचान र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: