Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कोरला नाका सरकारको प्राथमिकतामा : गृहसचिव दङ्गाल

खबरडबली संवाददाता

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१,छोसेरस्थित नेचुङमा अध्यागमन(इमिग्रेसन) कार्यालयबाट सेवा प्रवाह सुरू गरेपछि गृह सचिव रामेश्वर दङ्गाल सहितको टोलीले उपल्लो मुस्ताङको निरीक्षण गरेको छन् ।

आइतबार हवाईमार्ग हुदै मुस्ताङ आएका गृह सचिव दङाल सहितको टोलीले जिल्लाको बस्तुस्थितीका बारेमा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायसँगको छलफलपछि अध्यागमन (इमिग्रेसन), भन्सार कार्यालय,सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)सहित नाकामा रहेका सरकारी संयन्त्र तथा संरचनाको निरीक्षण गरेको थिए ।

कोरला नाका ब्यवसायिक रुपमा सञ्चालन भएपछि हालसम्मको प्रगति, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा भन्सार प्रमुख रमेश खड्का र अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले कोरला नाकाबाट समेत तिब्वत क्षेत्रको भ्रमणका लागि भइरहेको सहजीकरणका बारेमा जानकारी गराएको थिए।गृहसचिव दङ्गालले कोरला नाका सञ्चालन तथा यस क्षेत्रमा स्रोतसाधन प्रयाप्त बनाउन सरकार प्रतिबद्ध रहेकाले आफ्नो जिम्मेबारी अनुसार काम गर्न समेत कार्यालय प्रमुखलाई निर्देशन दिएको थिए । गत भदौ महिनाको ३० गते ब्यवसायिक रुपमा भन्सार कार्यालय सञ्चालन  तथा अध्यागमन कार्यालयले सेवा सुरु गरेपछि नेपाल सरकारको माथिल्लो तहबाट पहिलोपटक भ्रमण भएको छ ।

गृहसचिव दङ्गाललाई उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन, विदेशी पर्यटकको समयअवधि बढाउन, नाकाबाट तिब्वती क्षेत्रमा जान थप सहज बनाउन लगायत स्थानीयका समस्याका बारेमा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष  लोप्साङ छोम्पेल बिष्टले अनुरोध गरेको थिए। गृहसचिव दङाल सहित टोलीमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी रहेको छन् ।

त्यसैगरी टोलीका अन्य सदस्यहरूमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य, गण्डकी प्रदेशका सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक दिपेन्द्र शाह, जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसाल, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा,सशस्त्र प्रहरी बलका नायब उपरीक्षक, सशस्त्र प्रहरी भेसराज गिरी र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख विष्णुहरि पण्डित लगायतको उपस्थिती रहेको थियो ।

गृह सचिव सहितको टोलीलाई कोरला नाकालाई प्रभावकारी बनाउन साधनस्रोत, जनशक्ती सहित भौतिक पूर्वाधार विस्तारका साथै कागबेनी– कोरला सडक कालोपत्रेलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । गृहसचिव सोमबार मुस्ताङबाट फर्किने कार्यतालिका रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending