काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्ने बताए।
मन्त्री खरेलले पिएसबीमार्फत दिइने विषयवस्तु बलियो, प्रभावकारी र दिगो हुनुपर्नेमा जोड दिए।
सञ्चारमन्त्री खरेलले भन्नुभयो,“पिएसबीको नारा ‘जष्टिफाइ’ हुन जरुरी छ । यसले दिने ‘कन्टेन्ट’ बलियो हुनुपर्यो, कन्टेन्टमा नवीनता र सिर्जनशीलता झल्किनुपर्छ र प्रस्तुतिमा निखारपन आउनुपर्छ । पिएसबीको पहुँच जनतामा सहज र सरल रुपमा पुर्याइनुपर्छ ।”
उनले चुनौतिका बीच पिएसबीको सुखद सुरुवात भएको भन्दै यसको दिगोपना र कन्टेन्ट विविधतामा जोड दिए। सञ्चारमन्त्री खरेलले विदेशमा बसोवास गर्ने नेपाली तथा विदेशीहरुको नजरमा नेपालको पहिचान र गौरव झल्किने सामग्री समेट्न जरुरी भएको उल्लेख गरे।
उनले नेपालमा मात्रै नभई विश्वभर आमसञ्चार चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै पिएसबीलाई मोबाइल, ‘डिजिटल प्लेटफर्म’ मार्फत रेडियो र टिभीको दर्शक र श्रोता बढाउने गरी प्रसारण हुनुपर्नेमा जोड दिए। “हिजोको जस्तो भित्तामा टेलिभिजन राखेर चन्दैन । बदलिँदो समय र प्रविधि तथा उपकरण अनुरुप अब, सुधार गर्नेपर्छ । एनटिभीको पाँचवटै च्यानलमार्फत कसरी जनताको विश्वास जित्ने, लाइक भिवरसिप बढाउनुपर्छ । निजी क्षेत्रसँग प्रतिस्पर्धी पनि हुनुपर्छ ।”, सञ्चारमन्त्री खरेलले भने।
उनले पछिल्लो समय आमसञ्चार माध्यमलाई टिक्न कठिन भएको, प्रविधि र जनशक्ति व्यवस्थापन गरेर व्यावसायिक बन्न विभिध चुनौतिहरु थपिँदै आमसञ्चारको दिगोपना र व्यावसायीकरणका निम्ति सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: