Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

दल दर्ताका लागि ‘नेपाली कम्युनिस्ट पार्टी’ आयोग जाने तयारीमा

खबरडबली संवाददाता

काठमाडौं ।  लामो समयदेखि विभाजन र असन्तुष्टिले कमजोर बनेका कम्युनिस्ट घटकहरू फेरि एउटै झण्डामुनि आउने प्रयासमा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य नौ साना समूह मिलेर गठन भएको नयाँ शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ अब औपचारिक दर्ता प्रक्रियामा प्रवेश गर्न लागेको छ ।

दल दर्ताका लागि आवश्यक कागजात तयार पारिँदै गरेको र सकेसम्म आजै निर्वाचन आयोगमा निवेदन बुझाउने तयारी भइरहेको पार्टीका नेता रामकुमार भट्टराईले बताए । “यदि आज भ्याइएन भने आइतबारसम्म दर्ता हुन्छ,” भट्टराईले भने ।

नयाँ दल दर्ता भएपछि देशको वाम राजनीतिमा फेरि एकपटक ठूलो केन्द्र बन्ने अपेक्षा गरिएको छ । यसअघि विभिन्न नाम र झण्डाका कारण विभाजित रहेका माओवादी र समाजवादी समूहहरू यसपटक एउटै नाउँमा आउने सहमतिमा पुगेका छन् ।

दलले आफ्नो चुनाव चिन्हका रूपमा पाँचकुने तारा रोज्ने निर्णय गरेको छ । त्यसले वामपन्थी एकताको प्रतीकका रूपमा सन्देश दिने बताइएको छ ।

पार्टीभित्र संयोजक र सह–संयोजक रहने संरचना तय भएको छ, तर केन्द्रीय समिति कति ठूलो हुने भन्ने विषयमा अन्तिम टुंगो बाँकी छ । एकतामा सहभागी भएका सबै घटकका सदस्यहरू जोड्दा करिब १५ सयजना केन्द्रीय सदस्य बन्न सक्ने अनुमान छ ।

नेता बेदुराम भुसालका अनुसार एकता प्रक्रियामा सहभागी घटकहरूको विवरण संकलन भइरहेको छ । “कतिपय दल अझै छलफलमा छन्, नयाँ समूह थपिन सक्ने सम्भावना पनि छ,” उनले भने ।

नयाँ एकीकृत दलले पहिलो बैठकबाट सचिवालय गठन, विधान परिमार्जन र राजनीतिक मार्गदर्शन तय गर्न कार्यदल बनाउने तयारी गरेको छ ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, पटक–पटक विभाजित हुँदै आएको वाम राजनीतिले अब “संघीयतापछि नयाँ एकता प्रयोग” सुरु गरेको छ । यो प्रयास सफल भए, वाम राजनीति फेरि निर्णायक भूमिकामा पुग्ने सम्भावना देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भन्सार छलेर ल्याइएका मोटरसाइकल र कपडा बरामद

सप्तरी  । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा २ स्थित र...

सिरहा हत्या प्रकरणः ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा । गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहे...

सुधन गुरुङको बयान: हामी नेपालको डिस्कर्डमा विध्वंश गर्ने छलफल भएको छैन

काठमाडौं । सुधन गुरुङले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे हामी नेपाल नामक गैरसरकारी संस्थाको डिस्कर्डबाट विध्वंश मच्चाउने छलफल नभएको बयान दिएका छन् ...

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: