Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

Gen-Z आन्दोलनका मुस्लिम सहिदहरूप्रति सरकारको असमान व्यवहारप्रति आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । Gen-Z आन्दोलनका क्रममा सहिद भएका मुस्लिम युवाहरूप्रति सरकारले गरेको असमान व्यवहारप्रति Muslim Gen-Z Nepal ले गम्भीर आपत्ति जनाएको छ।

संगठनले एक विज्ञप्ति जारी गर्दै हाल सरकारद्वारा प्रकाशित सहिद सूचीमा दुई जना मुस्लिम सहिदमध्ये केवल एक जनाको मात्र नाम समावेश गरिएको भन्दै यो कदम संविधानको मर्म विपरीत रहेको जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, २०८२ साल भदौ २८ गते अनलाइनखबर डटकममा प्रकाशित “जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने ३५ युवा (नामावलीसहित)” शीर्षकको समाचारमा २४ वर्षीय काशी आलम ठाकुर को सिभिल अस्पतालमा मृत्यु भएको उल्लेख छ। त्यस्तै, अन्नपूर्णपोस्ट डटकममा सोही दिन प्रकाशित समाचारमा वीरगन्ज–१२ मुर्लीका २२ वर्षीय असहाब आलमको मृत्यु भएको पुष्टि गरिएको छ।

तर, सरकारले हाल सार्वजनिक गरेको सहिद सूचीमा केवल असहाब आलमको मात्र नाम समावेश गरिएको र काशी आलमको नाम छुटाइएको भन्दै संगठनले आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “यो निर्णयले राज्यको समावेशी र समान व्यवहारको दाबीलाई कमजोर बनाएको छ। मुस्लिम समुदायले देशको लोकतान्त्रिक आन्दोलन र न्यायका पक्षमा ऐतिहासिक योगदान दिएको छ, त्यसको सम्मान गर्नु सरकारको संवैधानिक दायित्व हो।”

संगठनले सरकारसँग निम्न तीन मागहरू अघि सारेको छ—
१. Gen-Z आन्दोलनमा सहिद भएका दुवै मुस्लिम युवालाई समान रूपमा सहिद घोषणा गर्न।
२. सहिद सूचीमा सबै समुदायका योगदान र बलिदानलाई समान सम्मानका साथ समावेश गर्न।
३. भविष्यमा कुनै पनि आन्दोलनमा समुदायबीच विभेद नगर्ने सुनिश्चितता गर्न।

Muslim Gen-Z Nepal ले संविधानले सुनिश्चित गरेको समानता र सहभागिताको मर्म पालन गर्न सरकारलाई आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: