कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ शिवनगरमा दुई अटो आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका–११ बडेगाउँकी ३५ वर्षीय विष्णु धरीकार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
अटोमा सवार मृतक धरीकारका छोरा ५ वर्षीय विशाल धरीकार र छोरी १० वर्षीय अंशिका धरीकार घाइते भएका छन् । उनीहरू दुवैको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ५:३० बजे कृष्णनगरबाट बहादुरगंजतर्फ जाँदै गरेको लु १ ह २६९ नं. को अटोले सोही दिशा तर्फ जाँदै गरेको लु १ ह ८२४ नं. को अटोलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा संलग्न लु १ ह २६९ नं. अटो चालक ३० वर्षीय रञ्जित अग्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्का अटो चालक हाल फरार रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
मंसिर २० गते, २०८२ - १४:२६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...




प्रतिकृया लेख्नुहोस्: