Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एमालेले गठन गर्यो ‘युथ भोलिन्टियर फोर्स’

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले) आफ्नो ‘युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ। भक्तपुरको गुण्डुमा आज आयोजना गरिएको भेला कार्यक्रममा जनसंगठन प्रमुख भानुभक्त ढकालले महेश बस्नेतको नेतृत्वमा ९ सदस्यीय कार्यदल घोषणा गरेका छन्।

शनिबार गुण्डुमा बसेको पार्टी सचिवालयको बैठकले निर्णय गरेपछि आज उक्त कार्यदल गठन गरिएको ढकालले जानकारी दिए। जसले वाइसिएल लगाय तरुन दल र अन्य अराजक समुहकै प्रतिवाध गर्ने बताइएकाे छ । संयाेजक महेश बस्नेतका अनुसार माअाेवादी केन्द्रकाे वाइसिएलकाे अराजक गतिविदि बढेपछि ‘युथ भोलिन्टियर फोर्स’ गठन गरिएकाे ह

कार्यदलमा महेश बस्नेत ९संयोजक० सहित निम्न सदस्यहरू रहेका छन्:

पुष्प श्रेष्ठ

वचन देउजा

समिक बराल

मिनबहादुर शाही

विनिता काफ्ले

निशा लिम्बू

बिनोद पाण्डे

महेश चौलागाँई

ढकालका अनुसार, पार्टीका विभिन्न विभागीय संगठनमा रहेका सदस्यहरूलाई समेत समेटेर स्वयम्सेवा दस्ता गठन गरिएको छ। आगामी मंसिर ५ भित्र, यस दस्ताको कार्यक्षेत्र, कार्यसमिति र कार्यविभाजनसहित ‘राष्ट्रिय युवा स्वयम्सेवा दस्ता’ विधिवत रूपमा गठन गरिनेछ।

कार्यदलका सदस्यहरूले पार्टी र जनताको सेवामा खटिने, पुनर्निर्माण कार्यमा सहभागी हुने र विपद्‌मा परेकाहरूको उद्धारमा पनि योगदान दिने बताए। ढकालले थपे कि सरकारमा एमालेको सहभागिता बढेसँगै जनस्तरको सुरक्षाभन्दा राजकीय सुरक्षामा बढी ध्यान दिइँदै आएको र पार्टीभित्र स्वयम्सेवी निष्ठा र इमान कमजोर हुँदै गएको हुँदा राष्ट्रिय युवा स्वयम्सेवा दस्ता गठन गर्नुपर्ने आवश्यकता देखिएको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रमेश लेखक अदालतमा उपस्थित, ओलीलाई पनि आजै पेश गरिने

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...

ओली र लेखकको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता हुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...

एमाले प्रदर्शनमा पक्राउ परेका एक जना फरार प्रतिवादी, अन्य ६ जना रिहा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending