काठमाडौं । जिल्ला प्रशासन कार्यालयको हस्तक्षेपपछि काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको भवन भत्काउने निर्णय स्थगित गरेको छ।
महानगरपालिकाले शनिबार साँझ ट्राफिक प्रहरीलाई कार्यालय खाली गर्न पत्राचार गर्दै सूचना दिएको थियो। त्यसपछि झन्डै सयजना प्रहरी कार्यरत भवनमा अन्योल सिर्जना भएको थियो।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, ट्राफिक प्रहरी २०३० सालदेखि नै सो स्थानमा कार्यरत छन्। उनले भने, “त्यो गुठीको जग्गा हो, तर ट्राफिक प्रहरी त्यहीँदेखि सेवा दिइरहेका छन्।”
ट्राफिक प्रहरीलाई हटाउने तयारीपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग प्रहरी अधिकारीहरूले छलफल गरेका थिए। छलफलपछि प्रशासनले तत्काल प्रहरीलाई नहटाउन महानगरलाई पत्र लेखेर अनुरोध गरेको हो।
उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले भने, “जिल्ला प्रशासन कार्यालयबाट पत्र आएको छ। त्यसपछि अहिलेका लागि कार्य रोकिएको छ। अहिले प्रहरीलाई अर्को विकल्प पनि छैन,” उनले बताए।
यसअघि महानगरपालिकाले सो ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको अर्को अनधिकृत संरचना भत्काउन डोजर चलाएको थियो। साथै, थापाथली क्षेत्रमा रहेका अन्य अवैध संरचना सात दिनभित्र खाली गर्न ‘अल्टिमेटम’ समेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ११:००
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...
चैत्र १५ गते, २०८२ - १०:५०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...
चैत्र १५ गते, २०८२ - १०:४१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...



प्रतिकृया लेख्नुहोस्: