काठमाडौं । लामो विवादपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधानतर्फ पुगेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले सहरी विकास मन्त्री कुलमान घिसिङको १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर फाल्न दिन सहमति जनाएका छन्।
चार दिनदेखि फोहोर फाल्न रोक्दै आएका स्थानीयले शनिबारदेखि साइट खुला गर्ने निर्णय गरेका हुन्। यसअघि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी महानगरवासीलाई घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।
गत शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्केपछि मन्त्री घिसिङ आइतबार बिहानै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए।
त्यहाँ उनले स्थानीय बासिन्दा र ककनी गाउँपालिकाका जनप्रतिनिधिहरूसँग भेट गरी अघिल्ला सहमतिहरू १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन्।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले अघिल्ला सहमति कार्यान्वयन हुने आश्वासन दिएका छन्। अध्यक्ष तामाङका शब्दमा, “अहिलेसम्म भएका र हुन नसकेका सहमतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्रीज्यूले गर्नुभएको छ। यदि तोकिएको अवधिभित्र पूरा हुन सकेन भने विरोध गर्ने अधिकार तपाईंहरूलाई छ भन्नुभएको छ,” उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - ११:००
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...
चैत्र १५ गते, २०८२ - १०:५०
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...
चैत्र १५ गते, २०८२ - १०:४१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...



प्रतिकृया लेख्नुहोस्: