Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

१५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडामा फोहोर फाल्ने सहमति

खबरडबली संवाददाता

काठमाडौं । लामो विवादपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या समाधानतर्फ पुगेको छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले सहरी विकास मन्त्री कुलमान घिसिङको १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर फाल्न दिन सहमति जनाएका छन्।

चार दिनदेखि फोहोर फाल्न रोक्दै आएका स्थानीयले शनिबारदेखि साइट खुला गर्ने निर्णय गरेका हुन्। यसअघि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी महानगरवासीलाई घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।

गत शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्केपछि मन्त्री घिसिङ आइतबार बिहानै बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए।

त्यहाँ उनले स्थानीय बासिन्दा र ककनी गाउँपालिकाका जनप्रतिनिधिहरूसँग भेट गरी अघिल्ला सहमतिहरू १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन्।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले अघिल्ला सहमति कार्यान्वयन हुने आश्वासन दिएका छन्। अध्यक्ष तामाङका शब्दमा, “अहिलेसम्म भएका र हुन नसकेका सहमतिहरू कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्रीज्यूले गर्नुभएको छ। यदि तोकिएको अवधिभित्र पूरा हुन सकेन भने विरोध गर्ने अधिकार तपाईंहरूलाई छ भन्नुभएको छ,” उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

राष्ट्रपतिले प्रचण्ड, देउवा र ओलीलाई शीतलनिवास बोलाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...

काँग्रेस पार्टी कार्यालय पुगेर सञ्चारमन्त्री खरेलले भने : फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending