सिन्धुलीमाढी । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो । बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले विहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए। उनले भने, ‘उक्त भत्ता वितरण गर्न गाउँपालिकाले यो वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निवेदन मागेका छौं, कतिको निवेदन पर्छ । परेको निवेदनमाथि छानबिन गरी जनही नगद एक लाख रुपियाँ भत्ता उपलब्ध गराउँछौं ।’
उक्त अवधिभित्र मापदण्ड पूरा गरी निवेदन हाल्ने सबैलाई उक्त भत्ता वितरण गरिने उहाँको भनाइ छ । गाउँपालिकाले कार्यविधि बनाएर आर्थिक वर्ष ०७९(०८० देखि नीति तथा कार्यक्रममा समावेश गरी उक्त कार्य सुरु गरेको हो । तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राहरुको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो ।
उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुगेको छ । ‘हाम्रो पालिकामा किशोरीहरुको तल्लो कक्षामा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’, उनले भने, ‘पारिवारिक आर्थिक विपन्नताका कारण विवाहपछि उनीहरु उच्च शिक्षामा पहुँच पनि कम पाइयो । त्यसैले उनीहरुलाई उच्च शिक्षा पहुँच पुर्याई सक्षम नागरिक बनाउन पनि यो कार्यक्रम ल्याएका हौं ।’
त्यस्ता किशोरी तथा महिलाले एक पटक मात्रै उक्त भत्ता पाउने गाउँपालिकाले जनाएको छ । उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिकाभित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने उनले बताए।
गाउँपालिकाले गत आर्थिक वर्ष ०८१-०८२ मा दुई जना र आर्थिक वर्ष ०८०-०८१ मा पाँच जना त्यस्ता किशोरी तथा महिलालाई उक्त भत्ता वितरण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
मंसिर २० गते, २०८२ - १४:२६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी
मंसिर २० गते, २०८२ - १३:२३
काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...
मंसिर २० गते, २०८२ - १३:०२
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...
मंसिर २० गते, २०८२ - १२:५४
काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...




प्रतिकृया लेख्नुहोस्: