सिन्धुलीमाढी । सिन्धुलीको मरिण गाउँपालिकाले यस वर्ष स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलालाई एक लाख रुपियाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
पालिकाले बाल विवाह न्यूनीकरणका लागि २० वर्ष पूरा गरी स्नातक तह उत्तीर्ण गरेर विवाह गर्ने किशोरी तथा विवाह नगरी बसेका महिलालाई उक्त भत्ता उपलब्ध गराउन लागेको हो । बाल विवाहलाई न्यूनीकरण गर्न र उच्च शिक्षामा विपन्न वर्गको पहुँच पुर्याउन यो कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।
त्यस्ता किशोरी तथा अविवाहित महिलालाई उक्त रकम वितरण गर्न गाउँपालिकाले विहिबार १५ दिने सूचना आह्वान गरेको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी दिए। उनले भने, ‘उक्त भत्ता वितरण गर्न गाउँपालिकाले यो वर्ष पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निवेदन मागेका छौं, कतिको निवेदन पर्छ । परेको निवेदनमाथि छानबिन गरी जनही नगद एक लाख रुपियाँ भत्ता उपलब्ध गराउँछौं ।’
उक्त अवधिभित्र मापदण्ड पूरा गरी निवेदन हाल्ने सबैलाई उक्त भत्ता वितरण गरिने उहाँको भनाइ छ । गाउँपालिकाले कार्यविधि बनाएर आर्थिक वर्ष ०७९(०८० देखि नीति तथा कार्यक्रममा समावेश गरी उक्त कार्य सुरु गरेको हो । तल्लो कक्षाको पढाइ पूरा नहुँदै छात्राहरुको विवाह गर्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न उक्त कार्यक्रम ल्याएको हो ।
उक्त कार्यक्रमले अभिभावकलाई पनि आफ्ना छोरीलाई उच्च शिक्षा हासिल गराउन उत्प्रेरणाका साथै सहयोग पुगेको छ । ‘हाम्रो पालिकामा किशोरीहरुको तल्लो कक्षामा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखियो’, उनले भने, ‘पारिवारिक आर्थिक विपन्नताका कारण विवाहपछि उनीहरु उच्च शिक्षामा पहुँच पनि कम पाइयो । त्यसैले उनीहरुलाई उच्च शिक्षा पहुँच पुर्याई सक्षम नागरिक बनाउन पनि यो कार्यक्रम ल्याएका हौं ।’
त्यस्ता किशोरी तथा महिलाले एक पटक मात्रै उक्त भत्ता पाउने गाउँपालिकाले जनाएको छ । उक्त भत्ता प्राप्त गर्नका लागि अविवाहित रही गाउँपालिकाभित्र स्थायी बसोबास भएको र मरिण गाउँपालिकाभित्र सञ्चालन भएको क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने उनले बताए।
गाउँपालिकाले गत आर्थिक वर्ष ०८१-०८२ मा दुई जना र आर्थिक वर्ष ०८०-०८१ मा पाँच जना त्यस्ता किशोरी तथा महिलालाई उक्त भत्ता वितरण गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: