म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ ।
धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान फेला पारेको जानकारी दिए।
उनले भने, ‘‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनासहितको टोली भेट भएका छन् । आज बिहान उनीहरुले सामूहिक रुपमा लन्च पनि गरे । पर्यटकको स्वास्थ्य अवस्था पनि राम्रो छ । अहिले याकखर्क भन्ने ठाउँमा आउन लागेका छन् ।’’
पर्यटकको उद्धारका लागि परिचालन भएको संयुक्त सुरक्षाकर्मीको टोलीलाई उनले धन्यवाद दिए। हिमपात भइरहेकाले पदयात्रामा गएका पर्यटक समस्यामा परेको खबर प्राप्त भएपछि मुस्ताङबाट सुरक्षाकर्मीको उद्धार टोली परिचालन भएको थियो ।
उनका अनुसार पदयात्रीहरु सोमवार साँझदेखि ‘हिडन भ्याली’ मा परेको बाक्लो हिउँमा फसेका थिए । सो स्थान हिडन भ्याली धवलागिरी र सीता हिमाल बिचको पास काटेर तल टुक्चेपीको पछिल्लो पाखामा समुद्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - ११:०४
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...
आषाढ़ १६ गते, २०८३ - १०:५६
काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...
आषाढ़ १६ गते, २०८३ - १०:४६
झापा। जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...
आषाढ़ १६ गते, २०८३ - १०:३६
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...



प्रतिकृया लेख्नुहोस्: