Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

माओवादीसँग एकताको गृहकार्यले विभाजनतिर एकीकृत समाजवादी, को कता उभिए ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादीसहित विभिन्न वामपन्थी दलहरूसँग एकताको गृहकार्य अगाडि बढेपछि एकीकृत समाजवादीमा विभाजनको जोखिम देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे एकताको पक्षमा उभिँदा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल माओवादीसँग एकताको विपक्षमा उभिएका छन् ।

माओवादीसँगको एकताको विषयमा एकीकृत समाजवादीमा जुन तहको विवाद र नेताहरूको ध्रुवीकरण देखिएको छ, यसले एकता गर्ने पार्टी निर्णय भए विभाजनसम्म पुग्न सक्ने जोखिम देखाएको छ । केन्द्रदेखि पालिका तहसम्मै एकताको पक्ष र विपक्षमा नेता–कार्यकर्ता विभाजित छन् । केही पदाधिकारी र सदस्यले भने मध्यमार्गी बाटो लिन सुझाएका छन् ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मै संस्थापन पक्षमा बहुमत छ, जसले गर्दा जारी केन्द्रीय समिति बैठकले एकताको निर्णय गरेर जान सक्ने सम्भावना छ । विवादकै बिच बैठकले एकताबारे ठोस निर्णय नगरे बहुमतको आधारमा अध्यक्ष नेपाललाई अधिकार दिने तयारी संस्थापन पक्षको छ । तर, त्यस्तो अवस्थामा इतर पक्ष राष्ट्रिय भेला गरेर जाने रणनीतिमा छ ।

अहिलेको राष्ट्रिय राजनीति र आसन्न निर्वाचनलगायतका मुद्दा देखाएर अध्यक्ष नेपाल पक्षधर एकताको पक्षमा माहोल बनाउन लागिरहेको छ । जबकि सम्मानित नेता खनाल र महासचिव भुसालको माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनको पक्षमा जोड छ । उनीहरूले अध्यक्षको राजीनामा र पार्टी पुनर्गठनको माग गरेका छन् । संस्थापन पक्ष भने पुनर्गठन नै उपयुक्त हुने निष्कर्षमा छ ।

पार्टीभित्रको अहिलेसम्मको शक्ति सन्तुलनअनुसार एकताको पक्षमा अध्यक्ष नेपाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ उपाध्यक्ष पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र जगन्नाथ खतिवडा, उपमहासचिवहरू राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, सोम पाण्डेय, श्रीनाथ बराल, गणेश विश्वकर्मा र शेरबहादुर कुँवर छन् ।

सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, उपाध्यक्ष धर्मनाथप्रसाद साह, महासचिव भुसाल, उपमहासचिव गरिमा शाह र सचिव बलदेव चौधरी पार्टी पुनर्गठनविना एकता गर्न नहुनेमा छन् । वरिष्ठ नेता वामदेव गौतम, उपाध्यक्षहरू भानुभक्त जोशी र जयन्ती राई तथा सचिव चन्द्रबहादुर शाही मध्यमार्गी लाइनमा छन् ।

बिहीबार बैठकमा सम्मानित नेता खनालले माओवादीसँग एकता गर्ने वेला नभएको भन्दै पार्टी पुनर्गठन गरेर जानुपर्नेमा जोड दिएका छन् । उनले पार्टी क्रान्तिकारी बनाउनुको साटो विसर्जन र विलयको बाटो लिने गरी माओवादीसँगको एकतामा आफूहरू सहमत नहुने घोषणासमेत गरे ।

एकताको निर्णय भए पनि आफूहरू पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने उनले बताए । एमालेसँग विद्रोहको औचित्य पुष्टि नहुँदै पार्टीलाई विसर्जन र विलयको बाटोमा पुर्‍याउने काम भएको भन्दै खनालले आपत्ति जनाए । खनालले भ्रष्टाचारको मुद्दा लागेपछि सार्वजनिक पदमा बस्न मिल्दैन भनेर संसद्बाट निलम्बन हुने व्यवस्था भएको भन्दै अध्यक्षमा पनि रहन नमिल्ने बताए ।

महासचिव भुसालले सबै एकताले शक्ति प्राप्त नगर्ने भन्दै मान्छे जम्मा गर्नु मात्रै एकता नभएको बताएका छन् । जेन–जी आन्दोलनमा भूराजनीतिक चलखेल भए पनि नेपाली जनताकै असन्तुष्टिलाई प्रयोग गरेको भन्दै उनले सबै पार्टीका प्रमुख नेता त्यसमा जिम्मेवार रहेको बताए । तसर्थ माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेतृत्व छाड्नुपर्ने भुसालको तर्क छ । ‘तपाईंहरूले अब नेतृत्व छाड्ने हो भने एकताको वातावरण बन्न सक्छ । अन्यथा झन्डा र नाम मिल्यो भन्दैमा एकता गर्दा धोका हुन्छ,’ उनले भने । 

बैठकमा वरिष्ठ नेता एवं एकता वार्ता कार्यदलका सदस्य प्रमेश हमालले मुख्यत: तीन विषयलाई प्रधान बनाएर माओवादीसँग वार्ता भइरहेको जानकारी दिएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending