रामेछाप । दुई दिनदेखि लगातार परेको वर्षाका कारण धान काटेर बिटा लगाउन ठिक्क पारेको धान खेतमा नै पानीले भिजेपछि रामेछापका किसानहरू चिन्तित बनेका छन् ।
खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएसँगै रामेछापका किसानले धान काट्न सुरु गरेका थिए । कात्तिकको दोस्रो हप्ता लाग्दा पनि दिउँसो चर्को घाम लागेका कारण किसानले पानी पर्ला भन्ने कुनै भेउ पाएनन् । जसका कारण खेतमा पाकेको धानबाली काटेर खेतमा नै सुकाएका थिए ।
केहीले काटेको धान समयमा नै बिटा लगाएर अन्नपात घरमा भित्र्याएका थिए । अधिकांश किसानहरूले भने धान काटेर खेतमा नै सुकाएका र बिटा नै लगाउन नपाउँदै पानी परेर धान भिजाएपछि निराश छाएको मन्थली नगरपालिका– ७, भटौलीका कृषक रामचन्द्र शर्माले जानकारी दिए ।
उनले भने, ‘अघिपछि टन्टालपुर घाम लाग्ने गर्दथ्यो । पानी पर्ने कुनै छेकछन्दै थिए । मलगायत धेरै किसानले एकैपटक सयौँ रोपनी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भएपछि काट्यौँ । धान काटेर खेतमा नै सुकाएका छौँ । केहीले धान बिटा लगाएर भित्र्याए । मलगाएत धेरै किसानले बिटा लगाउन नै पाएनौँ ।’ यो बेमौसमका समयमा पानी परेर धान बाली नष्ट गर्दा सारै दुःख लागेको शर्माले बताए ।
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारत हुँदै नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै सोही चक्रवातको कारण दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । सो वर्षाका कारण पाकेको धान काटन ठिक्क परेका किसानले धान काट्न पाएनन् भने काटिसकेको धान पनि बिटा लगाउन नपाउँदा किसानले धानसमेत भित्र्याउन पाएनन् । खेतमा दिनरात पाकेको धान काट्न, बिटा लगाउन, धान बोक्न, पराल कुन्यु लगाउन व्यस्त रहने किसान यतिखेर फुर्सदिलो भएको लिखु तामाकोशी गाउँपालिका– ६ की अप्सरा दाहालले बताइन् ।
रामेछापमा धानखेतीको लागि सात हजार ८५९ हेक्टर क्षेत्रफल जमिन उपयुक्त भए तापनि यस वर्ष सात हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्रै धानखेती गरिएको छ । गएको वर्ष रामेछापमा सात हजार आठ सय हेक्टर क्षेत्रफलमा धानखेती लगाइएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालले जानकारी दिए ।
हाल रामेछापको मन्थली नगरपालिकाको मन्थली, भटौली, बारीखेत, खाँदबारी, बोद्ने, खाँडादेवी गाउँपालिकाको माडी, सित्खा फाँट, दोरम्बा शैलुङ गाउँपालिकाको रजमन्टार फाँट, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती, रातमाटा र रामेछाप नगरपालिकाको साँघुटार फाँटलगायतका क्षेत्रमा उल्लेख्य रूपमा धाखेती गरिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - २०:२५
काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...
पौष १४ गते, २०८२ - २०:२०
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...
पौष १४ गते, २०८२ - २०:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...
पौष १४ गते, २०८२ - १९:५७
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...
पौष १४ गते, २०८२ - १९:५१
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...
पौष १४ गते, २०८२ - १९:२८
मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...
पौष १४ गते, २०८२ - १९:२१
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् । ...
पौष १४ गते, २०८२ - १९:१३
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...
पौष १४ गते, २०८२ - १९:०८
बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...
पौष १४ गते, २०८२ - १९:००
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...




प्रतिकृया लेख्नुहोस्: