Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मनाङमा फसेका पर्यटक फर्किन थाले, तिलिचो जाने रोक

खबरडबली संवाददाता

मनाङ । लगातारको हिमपात रोकिएर मौसम खुल्न थालेपछि मनाङका हिमाली क्षेत्रहरूमा फसेका पर्यटकहरू फर्किन थालेका छन्। थोराङ–ला र तिलिचो तालतर्फ गएका सयौं आन्तरिक र विदेशी पर्यटक स्थानीय निकाय, सुरक्षाकर्मी र होटल सञ्चालकको सहजीकरणमा सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिरहेका छन्।

हिमपातका कारण केही दिनदेखि रोकिएका सडक र पदमार्ग खुल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका र नेपाल प्रहरीको संयुक्त समन्वयमा उद्धार र व्यवस्थापन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।

उनका अनुसार खाङ्सारसम्मको सडक बुधबार दिउँसो १ बजेसम्म सञ्चालनमा ल्याइएको थियो। “मंगलबार उद्धार सम्भव नभए पनि करिब ३ हजार पर्यटकलाई स्थानीय होटल र घरहरूमा राखेर खाना तथा बासको व्यवस्था मिलाइएको थियो,” उनले भने। “उद्धारका लागि जिल्लामा उपलब्ध सवारी साधनहरू परिचालन गरिएको छ।”

चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल र पाँच हजार ४१६ मिटरको थोराङ–ला पास आसपासको क्षेत्रमा हिउँ परेपछि सयौं पर्यटक फसेका थिए। अहिले मौसम सुधारसँगै बिहानैदेखि उनीहरू फर्किन थालेका हुन्। खाङ्सारसम्म बाटो खुलेपछि पर्यटकहरू क्रमशः चामे र तल्लो मनाङतर्फ झर्दै छन्।

स्थानीय निकायले डोजर परिचालन गरेर सडक सफा गरेको र उद्धारमा स्थानीयवासीले समेत सहयोग गरेको जिल्ला प्रशासनले जनाएको छ। अहिले ‘वेदर फरकास्ट’ ले फेरि हिउँ पर्ने चेतावनी दिएकोले तिलिचो ताल जान अस्थायी रूपमा रोक लगाइएको छ।

मनाङको पर्यटन व्यवसायीहरूले भने पर्यटन सिजनमै हिउँले अवरोध पुर्‍याएपछि चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार “पर्यटकको उद्धार प्राथमिक हो, तर लामो समयसम्म आवागमन रोकिँदा व्यवसायमा असर पर्ने खतरा” छ।

मनाङको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन भएकाले स्थानीय प्रशासनले सुरक्षा र व्यवस्थापनका कामलाई प्राथमिकता दिएको छ। अहिले फसेका सबै पर्यटक सुरक्षित रूपमा तल्लो क्षेत्रमा आइपुगेका छन् र उद्धार कार्य निरन्तर जारी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...

महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा

महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति: प्रतिवेदन

काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...

निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने

काठमाडौँ ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो : विश्व स्वास्थ्य सङ्गठन

काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए...

भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...

आगलागीबाट १० बिघामा लगाइएको उखु खेती नष्ट

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: