Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मनाङमा फसेका पर्यटक फर्किन थाले, तिलिचो जाने रोक

खबरडबली संवाददाता

मनाङ । लगातारको हिमपात रोकिएर मौसम खुल्न थालेपछि मनाङका हिमाली क्षेत्रहरूमा फसेका पर्यटकहरू फर्किन थालेका छन्। थोराङ–ला र तिलिचो तालतर्फ गएका सयौं आन्तरिक र विदेशी पर्यटक स्थानीय निकाय, सुरक्षाकर्मी र होटल सञ्चालकको सहजीकरणमा सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिरहेका छन्।

हिमपातका कारण केही दिनदेखि रोकिएका सडक र पदमार्ग खुल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिका र नेपाल प्रहरीको संयुक्त समन्वयमा उद्धार र व्यवस्थापन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।

उनका अनुसार खाङ्सारसम्मको सडक बुधबार दिउँसो १ बजेसम्म सञ्चालनमा ल्याइएको थियो। “मंगलबार उद्धार सम्भव नभए पनि करिब ३ हजार पर्यटकलाई स्थानीय होटल र घरहरूमा राखेर खाना तथा बासको व्यवस्था मिलाइएको थियो,” उनले भने। “उद्धारका लागि जिल्लामा उपलब्ध सवारी साधनहरू परिचालन गरिएको छ।”

चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल र पाँच हजार ४१६ मिटरको थोराङ–ला पास आसपासको क्षेत्रमा हिउँ परेपछि सयौं पर्यटक फसेका थिए। अहिले मौसम सुधारसँगै बिहानैदेखि उनीहरू फर्किन थालेका हुन्। खाङ्सारसम्म बाटो खुलेपछि पर्यटकहरू क्रमशः चामे र तल्लो मनाङतर्फ झर्दै छन्।

स्थानीय निकायले डोजर परिचालन गरेर सडक सफा गरेको र उद्धारमा स्थानीयवासीले समेत सहयोग गरेको जिल्ला प्रशासनले जनाएको छ। अहिले ‘वेदर फरकास्ट’ ले फेरि हिउँ पर्ने चेतावनी दिएकोले तिलिचो ताल जान अस्थायी रूपमा रोक लगाइएको छ।

मनाङको पर्यटन व्यवसायीहरूले भने पर्यटन सिजनमै हिउँले अवरोध पुर्‍याएपछि चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार “पर्यटकको उद्धार प्राथमिक हो, तर लामो समयसम्म आवागमन रोकिँदा व्यवसायमा असर पर्ने खतरा” छ।

मनाङको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन भएकाले स्थानीय प्रशासनले सुरक्षा र व्यवस्थापनका कामलाई प्राथमिकता दिएको छ। अहिले फसेका सबै पर्यटक सुरक्षित रूपमा तल्लो क्षेत्रमा आइपुगेका छन् र उद्धार कार्य निरन्तर जारी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending