Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नर्सहरूको माग सम्बोधन गर्न सरकारलाई प्रचण्डकाे आग्रह

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका नर्सहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक सानाे वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले नर्सहरूले भोगिरहेका तलब–पारिश्रमिकको असमानता, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव र कार्यस्थलमा असुरक्षाजस्ता समस्याहरूलाई गम्भीर विषयका रूपमा औंल्याएका छन् ।

प्रचण्डले तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता र स्टाफको अभावका कारण बढेको कार्यदबाबले नर्सहरू निराश भइरहेका बेला सरकारले जिम्मेवार ढंगले पहल गर्नुपर्ने बताएका छन् । “नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन,” प्रचण्डले भनेका छन् ।

प्रचण्डले स्वास्थ्य सेवा प्रणालीको मेरुदण्डका रूपमा रहेका नर्सहरूको पेशागत अधिकार र न्यायोचित माग पूरा गर्न सरकारलाई आग्रह गर्दै सबै पक्षले संवाद र सहकार्यको बाटोबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रचण्डको भनाइअनुसार, नर्सहरूको सशक्तिकरण र सुरक्षाको प्रत्याभूति हुन सके मात्र जनताको स्वास्थ्य अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्छ ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending