Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन: ट्रम्प

खबरडबली संवाददाता

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक-सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गरेको छन् ।

राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, “राष्ट्रपति पुटिनले अहिले युद्ध (युक्रेनमा) अन्त्य गर्नुपर्छ । यो युद्ध एक हप्ताभित्र सकिनुपर्ने थियो, तर अब चाँडै चौथो वर्षमा प्रवेश गर्न लागेको छ । मिसाइल परीक्षण गर्नुको सट्टा उनले शान्तिको बाटो रोज्नुपर्छ ।”

रुसी राष्ट्रपति पुटिनले आइतबार ‘ब्युरेभेस्टनिक’ नामक आणविक(सञ्चालित क्रुज मिसाइलको अन्तिम सफल परीक्षण सम्पन्न भएको घोषणा गरेको थिए। सो मिसाइलको दायरा ‘असीमित’ रहेको दाबी उनले गरेको थिए। राष्ट्रपति ट्रम्पले यसअघि ह्वाइट हाउसमा पुन: पदभार सम्हालेपछि युक्रेनमा भइरहेको युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए। 

तर, अमेरिकी राष्ट्रपतिको मध्यस्थता प्रयासका बावजुद मस्को र किएभबीचको वार्ता हाल पूर्णरूपमा रोकिएको छ । यसबिच, रुसी सेना विस्तारै तर स्थिररूपमा युक्रेनमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका छन् । किएभ पक्ष भने लामो र महँगो युद्धको बोझ वहन गर्दै कठिन रक्षात्मक मोर्चामा अडिएको देखिन्छ । राष्ट्रपति ट्रम्पले भने, “विश्वलाई स्थायित्व चाहिएको हो, प्रतिस्पर्धात्मक शस्त्र परीक्षण होइन । अब सबै देशले संयमता अपनाउनुपर्छ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुस्तामा एसएसबीको गतिविधिबारे संसदमा हर्क साम्पाङको प्रश्न: रक्षामन्त्रीज्यूलाई खोजेर ल्याइदिनुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले स्थानीयवासीलाई धाकधम...

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको शुक्रबार...

तोलामा ५ हजार ३ सय बढ्यो सुन

काठमाडौँ । स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

करको दर विवादमा अर्थमन्त्री वाग्लेको बचाउमा रास्वपाका सांसद पराजुली र सुनार

काठमाडौं । करका दर हेरफेर तथा त्यससम्बन्धी सूचना चुहावटको विषयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि प्रश्न उठिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (...

मुस्ताङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ। मुस्ताङमा यात्रुबाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको रानीपौवाबा...

हुम्लामा सडक खन्ने क्रममा स्काभेटर पल्टिँदा चालकको मृत्यु

हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिका–६ बराईको भित्री सडक खन्ने क्रममा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार राति करिब १२ बज...

गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तर्...

पोखरा-दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...

समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...

करको दर हेरफेर गरेको आरोप अस्वीकार गर्दै अर्थमन्त्री वाग्लेले भने– तपाईँका काण्डहरु पनि खुल्नेछन्

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending