प्यूठान । भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच सकिएको छ ।
जिल्लाभर प्रख्यात क्वाडी चितिखोला र क्वाडी बगैंचा नाचमध्ये डल्ले सराय नाचलाई विशेष महत्वका साथ हेरिन्छ । स्थानीय किम्बदन्तीअनुसार, वर्षौंअघि गाउँमा एक मानवरूपी राक्षसले वर्षेनी एक जनाको मासु खाने गरेको कथा छ ।
त्यो परम्परा तोड्दै एक साहसी युवकले आफ्ना बाबु नपठाई पुन्यखोला डल्लेमा पुगेर राक्षसको वध गरे । त्यस घटनापछि चार गाउँका मानिसहरूले तरबार बोकी ‘वाख्यै, वाख्यै’ भन्दै नाचेर उत्सव मनाएका थिए । त्यही प्रसङ्ग सम्झँदै यो नाचको परम्परा आजसम्म निरन्तर रहेको मानिन्छ ।
डल्ले सराय नाचको विशेषता भनेकै यसको सामूहिकता हो । गाउँका दिदीबहिनीहरूले लगाइदिएको फूलको मालामा सजिएर युवा र अधबैंसे सहभागी हुन्छन् । स्थानीयको भनाइमा यो नाच दु:ख दिने राक्षसलाई बध गरेको खुसीमा मनाइने उत्सव हो ।
ऐतिहासिक अभिलेख नहुँदा कहिले सुरु भएको भन्ने एकिन छैन । तर लोकश्रुतिअनुसार यो परम्परा तेह्रौँ शताब्दीको अन्त्यतिर सुरु भएको बताइन्छ । पछिल्ला वर्षहरूमा यस नाचलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने परम्परा भने २०७० सालमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको पहलमा सुरु भएको हो ।
यस वर्षको प्रतियोगितामा आठ समूहले सहभागिता जनाएका थिए । आयोजक प्यूठान नगरपालिकाले प्रथम हुने समूहलाई एक लाख रुपियाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँको पुरस्कार प्रदान गरेको छ ।
नगरपालिकाका प्रवक्ता तथा वडा ४ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २०–२० हजार रुपियाँ दिइएको छ । श्रेष्ठले भने, ’डल्ले सराय नाच प्यूठानी सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो । यसलाई अब सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ ।’
तिहारको भाइटीकाको भोलिपल्ट शुक्रबार दिनभर गाउँमा गुञ्जिएको ढोल, मादल र ठट्यौली आवाज साँझ ढल्दै जाँदा विस्तारै थामियो । तर पुन्यखोलाको आकाशमा अझै पनि गुञ्जिरहेजस्तो लाग्छ ‘वाख्यै.. वाख्यै..’ स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १२:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...
आषाढ़ १६ गते, २०८३ - १२:०१
पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...
आषाढ़ १६ गते, २०८३ - ११:३५
काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिका...
आषाढ़ १६ गते, २०८३ - ११:०४
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...
आषाढ़ १६ गते, २०८३ - १०:५६
काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...
आषाढ़ १६ गते, २०८३ - १०:४६
झापा। जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...
आषाढ़ १६ गते, २०८३ - १०:३६
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...



प्रतिकृया लेख्नुहोस्: