प्यूठान । भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच सकिएको छ ।
जिल्लाभर प्रख्यात क्वाडी चितिखोला र क्वाडी बगैंचा नाचमध्ये डल्ले सराय नाचलाई विशेष महत्वका साथ हेरिन्छ । स्थानीय किम्बदन्तीअनुसार, वर्षौंअघि गाउँमा एक मानवरूपी राक्षसले वर्षेनी एक जनाको मासु खाने गरेको कथा छ ।
त्यो परम्परा तोड्दै एक साहसी युवकले आफ्ना बाबु नपठाई पुन्यखोला डल्लेमा पुगेर राक्षसको वध गरे । त्यस घटनापछि चार गाउँका मानिसहरूले तरबार बोकी ‘वाख्यै, वाख्यै’ भन्दै नाचेर उत्सव मनाएका थिए । त्यही प्रसङ्ग सम्झँदै यो नाचको परम्परा आजसम्म निरन्तर रहेको मानिन्छ ।
डल्ले सराय नाचको विशेषता भनेकै यसको सामूहिकता हो । गाउँका दिदीबहिनीहरूले लगाइदिएको फूलको मालामा सजिएर युवा र अधबैंसे सहभागी हुन्छन् । स्थानीयको भनाइमा यो नाच दु:ख दिने राक्षसलाई बध गरेको खुसीमा मनाइने उत्सव हो ।
ऐतिहासिक अभिलेख नहुँदा कहिले सुरु भएको भन्ने एकिन छैन । तर लोकश्रुतिअनुसार यो परम्परा तेह्रौँ शताब्दीको अन्त्यतिर सुरु भएको बताइन्छ । पछिल्ला वर्षहरूमा यस नाचलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्ने परम्परा भने २०७० सालमा तत्कालीन गृहमन्त्री बामदेव गौतमको पहलमा सुरु भएको हो ।
यस वर्षको प्रतियोगितामा आठ समूहले सहभागिता जनाएका थिए । आयोजक प्यूठान नगरपालिकाले प्रथम हुने समूहलाई एक लाख रुपियाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपियाँको पुरस्कार प्रदान गरेको छ ।
नगरपालिकाका प्रवक्ता तथा वडा ४ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २०–२० हजार रुपियाँ दिइएको छ । श्रेष्ठले भने, ’डल्ले सराय नाच प्यूठानी सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो । यसलाई अब सांस्कृतिक पर्यटनको प्रमुख आकर्षणका रूपमा अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ ।’
तिहारको भाइटीकाको भोलिपल्ट शुक्रबार दिनभर गाउँमा गुञ्जिएको ढोल, मादल र ठट्यौली आवाज साँझ ढल्दै जाँदा विस्तारै थामियो । तर पुन्यखोलाको आकाशमा अझै पनि गुञ्जिरहेजस्तो लाग्छ ‘वाख्यै.. वाख्यै..’ स्थानीयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: