बकाठमाडौं । सोलुखुम्बुमा बिहीबार साँझ बोलेरो दुर्घटना हुँदा मृत्यु भएका ३ जनामध्ये २ जनाको सनाखत भएको छ । यस्तै, घाइतेहरूको पनि पहिचान खुलेको छ ।
मृतकमध्ये दुर्घटनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको सनाखत भएको छ । मृतक एक किशोरीको पहिचान खुलेको छैन ।
दुर्घटनामा घाइते भएका गाडी चालक महाकुलुङ–३ घर भएका ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा महाकुलुङ–४ की १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया गंगा राई, १६ वर्षीया समया राई, १६ वर्षीया सजना राई र १० वर्षीय उमेश राई घाइते भएका छन् ।
घाइतेहरूको जिल्ल अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुईजना भने सकुशल छन् ।
बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको थियो । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार, माप्य दूधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - १२:३१
काठमाडौँ । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरभित्रै भेटी चोरी गर्ने गिरोहका मुख्य आरोपी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको कार्...
पौष १७ गते, २०८२ - १२:२४
रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, गत असार ...
पौष १७ गते, २०८२ - १२:२०
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अ...
पौष १७ गते, २०८२ - ११:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका लागि चितवन केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, उनको राजनीतिक यात्राको निर्...
पौष १७ गते, २०८२ - ११:०१
पुनर्निर्माणका लागि झण्डै १० अर्ब आवश्यक
पौष १७ गते, २०८२ - १०:४०
जाजरकोट । जाजरकोट प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। सिकार खेल्न गएका बेला एक जनाको मृत्यु भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई पक्...
पौष १७ गते, २०८२ - १०:३७
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको जटिल तथा दुर्लभ मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। कोटेश्वर निवासी ती वृद्धा अचेत अवस्थाम...
पौष १७ गते, २०८२ - १०:३५
रूपन्देही । उपभोक्ताको सुरक्षा र हितलाई मध्यनजर गर्दै रूपन्देहीको सियारी गाउँपालिका–१ चिलिहयास्थित त्रिशूल ग्यास प्रालिले एक हजार १२ थान एलपी ग्यास सि...
पौष १७ गते, २०८२ - १०:३३
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरी बल (एपीएफ) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतक स्थानीय ४५ वर्षीय विजय साह हुन्। ...
पौष १७ गते, २०८२ - १०:३०
भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुर जिल्लामा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ लाख २५ हजार ७६६ पुगेको छ। यसअघि जिल्लामा १ लाख...




प्रतिकृया लेख्नुहोस्: