गोरखा । गोरखा पालुङटारका ६८ वर्षीय हर्कबहादुर आले नेपाली सेनाको जागिर छाडेर अहिले मादल बनाउने र मर्मत गर्ने पेशामा रमाइरहेका छन् । सन् १९७९ तिर सेनामा रहँदै उनले मादल बनाउने सीप सिके र त्यही पेशा जीवनको बाटो बनाइदिए।
“सेनामा तलब ३२२ रुपैयाँ मात्र थियो, परिवार पाल्न गाह्रो भयो। त्यसैले मादल रोजें,” हर्क सम्झन्छन्। ५० वर्षदेखि निरन्तर मादल, दमाहा, ढोलकी, झ्यालीजस्ता परम्परागत बाजा बनाउँदै आएका उनी अहिले बुटवलको पुलचोकस्थित आफ्नै पसल ‘बुढीकोटी मादल’ सञ्चालन गर्छन्। बुटवलबाट अर्घाखाँची, गुल्मी, दाङदेखि रुकुम रोल्पासम्मका ग्राहक आउने गर्छन्।
हर्कले आफ्ना चार छोरालाई पनि यही सीप सिकाएका छन्। जेठो छोरा रामकुमार चितवनमा, माइलो दीपक पोखरामा र साइलो सुजन तथा कान्छो प्रेम बुटवलमै काम गर्छन्। उनीहरूको परिवारकै मुख्य आम्दानी यही हो।
तिहार र तीजमा उनको पसलमा मादल खरिद गर्ने भीड लाग्छ। एउटा मादल बनाउन तीन दिन लाग्ने बताउँदै हर्क भन्छन्, “खरी, छाला र काठ पाउन अहिले कठिन भएको छ, तर माग भने बढ्दो छ।”
मासिक लाखभन्दा बढी आम्दानी गर्ने हर्क अहिले धेरैका गुरु बनेका छन्। उनले चार जना कामदारलाई रोजगारी दिएका छन् र अझ सहयोग पाएको खण्डमा उत्पादन विस्तार गर्ने योजनामा छन्।
“विदेश जाने सोचेका छोराहरूले पनि यही काम रोजे, यहीँ खुसी छु,” हर्क मुस्कुराउँदै भन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...
चैत्र ९ गते, २०८२ - २०:१७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...
चैत्र ९ गते, २०८२ - १९:४७
वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...
चैत्र ९ गते, २०८२ - १९:४३
सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...
चैत्र ९ गते, २०८२ - १९:४१
रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...
चैत्र ९ गते, २०८२ - १९:३३
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...
चैत्र ९ गते, २०८२ - १९:३१
काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...
चैत्र ९ गते, २०८२ - १९:२७
काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...
चैत्र ९ गते, २०८२ - १९:२४
सिराहा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट काठमाडौंबाट फरार एक कैदीलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाकै कर्जन्...
चैत्र ९ गते, २०८२ - १९:२३
महोत्तरी । सिङ्गो हिउँदमा पानी नपरेका कारण निराश बनेका महोत्तरीका किसानले राहत महसुस गरेका छन्। गत शुक्रबार र शनिबार परेको पानीले जग्गामा पर्याप्त चिस...


प्रतिकृया लेख्नुहोस्: