लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका –९ को मस्र्याङ्दी कृषि फर्मकी अम्बिका कुइँकेलले यो वर्ष कम मात्रामा सयपत्री लगाए। तिहारमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो ।
माग अत्याधिक भएपछि फूल पुर्याउन नसकिएको मस्र्याङ्दी –९ भलामचौरका किसान पदम गुरुङले बताए। “गत वर्ष बिक्री कम भएकाले यो बर्ष कम लगाएको बजारमा पुर्याउन धौधौ भयो” गुरुङले भने, “ग्राहक बारीमै आएर फूल लगिरहेका छन् ।”
उनले दुई रोपनी जग्गामा चार हजार सयपत्री लगाएको बताए। गत वर्षभन्दा यस वर्ष मूल्य पनि राम्रो पाएको उनले बताए । सुन्दरबजार गहतेका बुद्धी आलेले पनि यसवर्ष ग्राहकलाई फूल पुर्याउन नसकिएको बताए। “फुलेको जति लक्ष्मीपूजाको दिन नै सकियो” आलेले भने, “टीकाको दिनसम्म धेरै माग छ ।”
मध्यनेपाल नगरपालिका –५ समिभञ्याङका किसान इभान जोशीले फूल खेतीबाट निराश बन्न नपर्ने बताए । उनले पोखरा र दमौलीबाट फूल र मालाको माग अत्यधिक आएको बताए ।
फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने जोशीको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ” उनले भने। तिहारका बेला फूलको माग बढी हुने गरेको र पुर्याउन मुस्किल पर्ने जोशीको अनुभव छ ।
तिहार बाहेक विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यक्रममा माला बिक्री हुने गरेको किसानहरु बताउँछन् । तरकारी र अन्य खाद्य बालीभन्दा फुलखेतीमा कम लगानी र बढी आम्दानी गर्न सकिने कृषि विज्ञहरु बताउँछन् । अन्य बालीसँगै फूलखेती पनि गर्नसके किसानले बजारको समस्या भोग्नु नपर्ने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए। किसानले यो वर्ष प्रतिकेजी तीन सयदेखि पाँच सयसम्ममा फूल विक्री गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १२:३७
आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...
आषाढ़ १५ गते, २०८३ - ११:२६
काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...
आषाढ़ १५ गते, २०८३ - ११:११
नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...
आषाढ़ १५ गते, २०८३ - १०:४७
कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...
आषाढ़ १५ गते, २०८३ - १०:२७
नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...



प्रतिकृया लेख्नुहोस्: