Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

केराका थामबाटै आम्दानी

खबरडबली संवाददाता

महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् । यहाँका धार्मिक, पारम्परिक र सांस्कृतिक पर्वका विधिमै कृषि उपजको महत्व जोडिएको छ । यहाँका पर्वमध्ये तिहार र छठमा त झन् थरिथरिका कृषि उपज पूजा सामग्रीमा प्रयोग हुन्छन् । यीमध्ये तिहारमा केरा फलमात्र नभएर कोथाहरू नै बिक्री हुने भएपछि यो खेतीका किसानलाई अतिरिक्त आर्जनको अवसर बन्दै आएको छ ।

तिहार र छठ दुवै पर्वमा केरा फल अनिवार्य चढाइने सामग्रीमा पर्छ । खासगरी छठमा त केराका घरी नै सूर्यदेवलाई अघ्र्य (अर्घ) दिँदा देखाइने चलनले पर्वभरि यसको माग निकै हुन्छ । तिहारमा लक्ष्मीपूजाका दिन त व्यापारिक प्रतिष्ठानले लक्ष्मी प्रवेशद्वार बनाउन केराका थामको प्रयोग गर्छन् । यो चलनले जिल्लाका मुख्य बजारमा केराका थामको बजार जम्दै आएको विगत छ । कतिपय ब्यापारीले केही दिन पहिले नै थामबापतको अग्रिम रकम दिएपछि यो नगदले आफ्नो पर्वका सामग्री खरिदमा सहयोग पुगेको केराखेतीका किसान बताउँछन् ।

“मैले त थामबापत बैना रकम नै पाँच हजार लिइसकेको छु”, भङ्गाहा–४ थारूटोल बनराका किसान रामधारीसिंह थारू भन्छन् । तिहारको यो अवसर आपूmहरूका लागि खनेर फालिने कोथाबाट रकम प्राप्त हुनेहुँदा यो बेला पर्खाइमा रहने गरेको उनले बताए ।

केराखेती गर्दा एक झ्याङ्मा तीनवटाभन्दा बढी कोथा बढ्न दिन नहुने किसानको अनुभव छ । “एक झ्याङमा तीनभन्दा बढी कोथा भए घरी राम्रो लाग्दैन, कोसा राम्रा हुँदैनन्”, अर्का किसान रामसुनरदेवी राय भन्छिन्, “यो त बढी भएका कोथा हामीले मजदुर लगाएर उखालेर फाल्नुपथ्र्यो, तर यो बेला कोथा बिक्री हुने भएर यो अवसर हाम्रो पर्खाइमा पर्छ ।”

पर्वको यो अवसरले उखाल्न लाग्ने खर्चको बचतसँगै कोथा बिक्रीबाट प्राप्त हुने रकम पुरस्कारजस्तै हुने गरेको राय बताउनुहुन्छ । यसै मौकामा केराको गोडमेल हुने गरेको किसानको भनाइ छ । यसैले यी पर्वलाई किसान केराको अमृत बेला भन्ने गर्छन् । पर्वका बेला केराका घरीले राम्रो दाम पाउने र उखालेर फाल्नुपर्ने कोथासमेत बिक्री हुनुले यो खास अवसर रहँदै आएको किसानको भनाइ छ ।

वर्षभरिमा एउटा केराका झ्याङमा पाँचसातवटासम्म फाल्नुपर्ने कोथा निस्कने किसान बताउँछन् । यसबेला स्वागतद्वारका लागि व्यापारीले लग्ने कोथा जोडीको रु तीन सयसम्म पाइने गरेको किसानको भनाइ छ । आफूले कोथा बेचेर नै तिहारमा पछिल्ला तीन वर्षयता सालाखाला रु १० हजार पाएको भङ्गाहा–६ सग्रामपुरका सुवालाल राय यादव बताउँछन् ।

केराका थामको बजार लक्ष्मीपूजाको एक दिनअघिदेखि नै जम्ने गरेको छ । थामको स्वागतद्वार बनाउने चलन सहरबजार क्षेत्रमा भएको हुँदा जिल्लाका जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा ठूलै मेला जम्छ ।

मिथिला क्षेत्रमा तिहार र छठका अवसरमा स्वागतद्वार बनाउन प्रयोग गरिने थाम शुभफलदायी मानिन्छ । केराका थामको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखिकै यो परम्परा मिथिला लोकसंस्कृतिको अङ्ग बन्दै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

हिन्दू परम्पराका सबैजसो चाडपर्वको अनिवार्य प्रसाद सामग्री बन्ने र स्वास्थ्यका लागि लाभदायी यो फल बजारमा बाहै्रमास बेचबिखन भए पनि यहाँ यसको खेती भने निकै कम छ । घरकरेसा बारीमा एकाध केराका बोट देखिए पनि यसको व्यावसायिकखेती भने दुई सय ८० हेक्टरमा मात्र भइरहेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । जिल्लामा केराखेतीका लागि अनुकूल हावापानी र माटो रहेको हुँदा किसानले यो खेतीमा तत्परता देखाए कार्यालयले प्राविधिक सहयोगसँगै उन्नत जातका बिरुवा सुलभ मूल्यमा उपलब्ध गराउन पहलकदमी लिनसक्ने कार्यालयका कृषिविज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतो बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending