Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

मुस्ताङबाट एक अर्ब १० करोड बढीको स्याउ निर्यात

खबरडबली संवाददाता

मुस्ताङ। स्याउ खेतीमा स्थानीयको आर्कषण तथा खेती विस्तारसँगै यस वर्ष मुस्ताङबाट एक अर्ब १० करोड बराबरको स्याउ बिक्री भएको छ। गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको हो। 

कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार उत्पादन बढेसँगै यस वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजार रूपियाँको स्याउको कारोबार भएको हो। गतवर्षको तुलनामा करिब १० करोडको स्याउ बढी बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्र प्रमुख राजेश गुरूङले यसवर्ष मुस्ताङको स्याउको माग बढेकाले बजारको कुनै समस्या नभएको बताए।

प्रमुख गुरूङले भने,‘‘कृषि प्राविधिको टोलीले बगैँचाबाटै विवरण सङ्कलन गरिन्छ, कृषक र स्थानीय तहका कृषि शाखासँग समेत समन्वय गरिएको छ।’’ 

मुस्ताङमा आठ सय ९२ क्षेत्रफलमा स्याउ खेती गरिएकोमा स्थानीय प्रजातिको रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजीमा ८ सय ३२, हाइब्रिड ६० हेक्टरमा रहेको छ। यसवर्ष स्थानीय प्रजातिको कुल पाँच सय ८३ हेक्टर क्षेत्रफलबाट ७८ करोड ८९ लाख ७० हजार रुपियाँ र उच्च घनत्वमा ६० हेक्टरमा उत्पादन भएको ३१ करोड ३४ लाख बराबरको स्याउ उत्पादन भएको केन्द्रका सूचना अधिकारी शिव गणेश चौधरी कुर्मीले जानकारी दिए। स्थानीय प्रति हेक्टर १०।४१ र उच्च घनत्व २६।१२ मेट्रिकटन स्याउ उत्पादन हुन्छ। 

पछिल्लो समय मुस्ताङका स्याउ कृषक गाला र किङरोड जातको स्याउ खेतीमा आर्कषित भएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी एक सय ३० रूपियाँ र हाइब्रिड प्रतिकेजी दुई सय रूपियाँ औषत मूल्य तोकिएको छ। मुस्ताङको तल्लो क्षेत्रमा पर्ने थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्याउ उत्पादनका लागि हब मानिन्छ। 

पछिल्लो समय उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले समेत स्याउ खेतीलाई प्राथमिकता दिएकाले स्थानीय र  उच्च घनत्वको स्याउ उत्पादन बढ्ने केन्द्र प्रमुख गुरूङले बताए। मुस्ताङमा घुम्न जाने स्वदेशी पर्यटकले कोशेलीको रूपमा समेत स्याउ लैजाने गर्दछन्।

मलजल र नयाँ बिरुवाले समेत फल दिएपछि यसवर्ष स्याउ उत्पादन राम्रो भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) गुरूङले बताए। स्याउ टिप्ने समयसीमा तोकिएकाले पनि राम्रो स्याउ बजारमा गएको कृषक गुरूङको भनाइ छ। कृषि ज्ञान केन्द्र, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ) र स्थानीय तहका कृषि शाखामार्फत औजार वितरण, आधुनिक प्रविधि, समयमै मलजलसहित प्राविधिक तालिमका कारण रसिला र गुलिया, आकार ठुलो र धेरै दिनसम्म पनि ताजा रहने भएकोले बजार माग उच्च छ

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर । कोशी प्रदेशसभाको आज दिउँसो १:०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिए । कोशी प्रदेशस...

सरकारी हुलाक सेवा आधुनिक बन्दै, राहदानीदेखि लाइसेन्ससम्म घरमै पुग्ने

काठमाडौँ । सरकारले परम्परागत हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा...

रास्वपाले सच्यायो त्रुटि: पूजा र ध्रुव निर्वाचित हुँदा सोम र कृष्णमान श्रेष्ठ बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची संशोधन गरेको छ। यसअघि विजयी घोषणा गरिएका दुई उम्मेद...

बुटवल–नारायणगढ सडक: दाउन्ने खण्डमा त्रुटि सुधार प्रयास तीव्र

पश्चिम नवलपरासी। एसियन हाईवे (एशियन सडक सञ्जाल) को मापदण्डअनुसार विस्तार भइरहेको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने पश्चिम खण्डको निर्माणमा गम्भी...

जर्मनीलाई पेनाल्टीमा स्तब्ध बनाउँदै पाराग्वे प्रिक्वार्टरफाइनलमा

काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।  अमेरिका...

बर्डफ्लु सङ्क्रमण: काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ ।  केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...

मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...

भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता

झापा। जल तथा मौसम विज्ञान विभागले  यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...

वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्कता: भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending