हेटौँडा। मकवानपुरको बकैया र हेटौँडामा करेन्ट लागेर दुई जना घाइते भएको छन् । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–६ बेलबोट शुक्रबार दिउँसो करेन्ट लागेर काभ्रे महाभारत गाउँपालिका बस्ने २१ वर्षीय आयुष लामा घाइते भएको हो ।
भित्री सडक खण्डमा बेलबोबाट काठ लोड गरी हेटौँडा आउँदै गरेको बा।प्र।०३–००१ ख २१६७ नं। को ट्रकको छतमा बसेर घर घरमा लगेको विद्युतको तार पन्छाउँदै अगाडि बढ्ने क्रममा एक्कासी ११ हजार भोल्टको तारमा छोइ करेन्ट लाग्दा लामा घाइते भएका हुन् । बागमती प्रदेश प्रहरीका अनुसार करेन्ट लागेर लामा ट्रकमाथिबाट तल सडकमा खसेर घाइते भएका हुन् ।
उहाँको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको दुबै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ । ट्रक र ट्रक चालक ९साहु० हेटौँडा–५ बस्ने ४० वर्षीय रमेशप्रसाद चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१०, कर्रा चोकमा करेन्ट लागेर एक जना घाइते भएको छन् । हेटौँडा उपमहानगरपालिका–१६ उत्तर पानी बस्ने २५ वर्षीय विमल बम्जन पसल छेउमा रहेको तारमा छुन पुग्दा करेन्ट लागेर घाइते भएका हुन् ।
कर्रा चोकस्थित श्रीराम पान पसलमा पान किन्न आएका बम्जन पसल छेउको तार छुन पुग्दा घाइते भएको बागमती प्रदेश प्रहरीले जानकारी दिएको छ । घाइतेको हेटौँडा अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि मोडेल अस्पताल रिफर गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
मंसिर २० गते, २०८२ - १४:२६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी




प्रतिकृया लेख्नुहोस्: