Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

मधेसमा सत्ताको खेल : कांग्रेस–एमालेलाई बाहिर राखेर नयाँ गठबन्धनको गृहकार्य

खबरडबली संवाददाता

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रयास तीव्र भएको छ। जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो।

सत्ता गठनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत दलहरू सक्रिय छन्। यी दलहरू कांग्रेस र नेकपा एमालेलाई सत्ता गठबन्धनबाहिर राखेर सरकार बनाउने तयारीमा छन्।

माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले मंगलवारदेखि नै गठबन्धनको प्रयास चलिरहेको जानकारी दिँदै भने, “छलफल हिजैदेखि चलिरहेको छ, हेरौँ के हुन्छ। बिहानसम्म टुंगो लाग्न सक्छ।”

मुख्यमन्त्री सिंहको राजीनापछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न बुधबार अपराह्न ४ बजेसम्मको समय तोकेकी छन्।

मधेस प्रदेशसभामा १०७ सदस्य छन् र सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ। वर्तमान समीकरणअनुसार जसपाको १९, जनमत पार्टीको १३, माओवादी र लोसपाका ९–९, एकीकृत समाजवादीको ७ सिट छन्। लोसपाका एक सांसद निलम्बनमा रहेकाले उनी गणनामा नपर्ने सम्भावना छ। यी पाँच दल मिल्दा आवश्यक बहुमत पुग्ने देखिन्छ।

यता, कांग्रेस र एमाले पनि सरकार गठनको प्रयासमा छन्। दुबै दलले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका छन्। तर, दुबै दलको संयुक्त सिट संख्या ४७ मात्र छ (एमाले २५ र कांग्रेस २२) जसले गर्दा बहुमत पुग्दैन।

नेकपा एमालेकी सांसद शारदा थापाले भने कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन कुनै अवरोध नरहेको दाबी गरेकी छन्। उनले इतर दलहरूलाई बहुमत पुग्दैन भन्ने तर्क गर्दै भनिन्, “जनमत पार्टी अर्को गठबन्धनमा जाँदैन भन्ने हामीलाई लागेको छ। लोसपाले पनि जसपाको समर्थन गर्दैन।”

यसैबीच, निवर्तमान मुख्यमन्त्री सिंह जनमत अध्यक्ष सीके राउत र संसदीय दलका नेता महेशप्रसाद यादवप्रति असन्तुष्ट रहेको चर्चा छ। सिंहले उनीहरूको असहयोगका कारण आफूलाई सत्ता छाड्न बाध्य हुनुपरेको बताएका छन्।

उनले जनमत पार्टीभित्र फुट ल्याउने प्रयास गरिरहेको आरोप समेत लागेको छ। सिंहले आफैं पनि यस्तो संकेत गर्दै भने, “अहिले म आराम गरिरहेको छु। तर, कांग्रेस–एमालेबाहेकको गठबन्धनमा हाम्रा साथीहरू जान सक्ने सम्भावना नकार्न सकिँदैन।”

मंगलबार नै जनमत पार्टीबाट विभाजन भएर दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी गठन भएको छ। २५ सदस्यीय कार्यसमितिसहित उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।

मुख्यमन्त्री सिंहको झुकाव नयाँ पार्टीतर्फ रहेको चर्चा छ। निर्वाचन आयोगले सांसदहरूलाई दल रोज्ने समय दिने तयारी पनि थालेको छ। यस्तो अवस्थामा जनमत पार्टीका ६ जना सांसद नयाँ पार्टी रोज्न सक्ने अड्कलबाजी गरिँदैछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending