लमजुङ । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको माग गर्दै सुरु भएको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा लमजुङका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्। जिल्लाका ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको नेपाली कांग्रेस जिल्ला समिति लमजुङले जनाएको छ ।
नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति एवं गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले जिल्लामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरेको थिए । पौडेल जिल्लामा महामन्त्री गगन थापा पक्षधरका रुपमा चिनिन्छन्। हस्ताक्षर संकलनमा विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूको समेत हस्ताक्षर झिकाइएको थियो । विदेशबाट दस्तखत पठाउनेमा जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङ छन् ।
लमजुङमा जम्मा २८ जना महाधिवेशन प्रतिनिधिहरू ९जिल्ला सभापति पदेनसमेत० रहेका छन् । तीमध्ये २२ जनाले महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको छन् । पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षधर मानुनिभएका तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङ तथा पूर्वजिल्ला सभापति तुल्सीनारयण श्रेष्ठ लगायतले समेत महाधिवेशनको पक्षमा दस्तखत गरेको छन् ।
कुनै पक्षधरमा नभएको दावी गर्ने काँग्रेसका गण्डकी प्रदेशका सहसचिव एवं मध्यनेपाल नरगपालिकाका मेयर रमेशकुमार पाण्डेले समेत महाधिवेशनका पक्षमा दस्तखत गरेको छन् । २८ जनामध्ये २२ जनाको हस्ताक्षर भएको र अर्का एक महाअधिवेशन प्रतिनिधि रहनु भएकी दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ ।
महाधिवेसन प्रतिनिधि रहनुभएका जिल्ला सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व जिल्ला सभापति एवम् सुन्दरबजार नगपालिकाका मेयर कृष्णप्रसाद कोइराला र सांस्कृतिक केन्द्रको केन्द्रीय समितिका अध्यक्ष तीर्थ थापाले भने विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको छैनन् ।
यो हस्ताक्षर अभियान कुनै गुटको नभई ‘विकसित घटनाक्रममा परिवर्तन चाहाने महाधिवेशन प्रतिनिधिहरूको’ रहेको हस्ताक्षरकर्ताहरुले बताएका छन् । यसको मुख्य उद्देश्य पार्टीलाई समयमै नियमित महाधिवेशन गर्न दबाब दिनु र त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नका लागि मार्ग प्रशस्त गर्नु रहेको महाविशेन प्रनिनिधि एवं तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङले बताए ।
नेपाली कांग्रेसको विधानअनुसार, पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्नेछ । यसका अतिरिक्त, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई लिखित माग गरेमा पनि विशेष महाधिवेशन बोलाउनुपर्ने वैधानिक प्रावधान छ, र यस्तो अवस्थामा लिखित माग भएको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ । जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमलाई कारण देखाउँदै यो अभियान सुरु गरिएको हस्ताक्षर पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसको विधानअनुसार आगामी मंसिरभित्र नियमित महाधिवेशन गरिसक्नुपर्ने बाध्यता छ । यद्यपि, विशेष परिस्थितिका कारण देखाउँदै पार्टीले एक वर्षसम्म म्याद थप गर्न सक्ने प्रावधान पनि रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:५३
सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...
मंसिर २१ गते, २०८२ - ०९:५७
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...
मंसिर २० गते, २०८२ - १६:२६
खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ...
मंसिर २० गते, २०८२ - १६:०४
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...
मंसिर २० गते, २०८२ - १५:५२
नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...
मंसिर २० गते, २०८२ - १५:४७
काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...




प्रतिकृया लेख्नुहोस्: