इलाम । गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।
उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो। ‘सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन’, प्रजिअ नेपालले भनिन्।
सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबिच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन्।
तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भए पनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन्।
‘तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम आइतबारदेखि नै सुरु गरिएको छ”, उनले भनिन्, “सम्भवत सोमबार देखि सो सडक हुँदै साना सवारी सञ्चालन हुनेछन्।’
ठुला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ। तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठुला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन्।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनः निर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताए।
‘हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकिनौँ’, घिमिरेले भने, ‘अहिले वैकल्पिक मार्गमा स्रोतसाधन र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनः निर्माणमा लाग्नेछौँ।’
पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण
इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन्।
इलाम नगरपालिका–९ भाङटार र वडा नं। ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरूले वैकल्पिक रूपमा काठको मोटरेबल पुल तयार गरेका हुन्।
स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो। पुल निर्माणका लागि स्थानीयवासीले पाँच दिन लगातार श्रमदान गरेका थिए।
बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्जाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १ गते, २०८२ - ०९:३१
काठमाडौं । संसदीय निर्वाचनको मिति घोषणासँगै नयाँ दलहरू दर्ता हुने क्रम चलिरहेको छ। तर यसपालि विगतमा भन्दा देखिएको भिन्नता के हो भने सरकारमा सहभागी कोह...
मंसिर १ गते, २०८२ - ०९:११
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेपछि घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरेको छ। क्या...
मंसिर १ गते, २०८२ - ०८:५४
काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकताबारे भएको छलफल सकारात्मक निष्कर्...
मंसिर १ गते, २०८२ - ०८:४९
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्...
मंसिर १ गते, २०८२ - ०८:४५
म्याग्दी । म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।...
मंसिर १ गते, २०८२ - ०७:३२
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। संघीय मा...
मंसिर १ गते, २०८२ - ०७:२८
काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत र अष्ट्रेलिया पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्न...
मंसिर १ गते, २०८२ - ०७:२२
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने साढे १० कलोमिटरको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। २०७६ असारमा बन्दना भगवती न...
मंसिर १ गते, २०८२ - ०७:१८
हुम्ला । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ...
मंसिर १ गते, २०८२ - ०७:११
कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्य...




प्रतिकृया लेख्नुहोस्: