Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मन्त्री घिसिङद्धारा १४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षण, छिट्टै निर्णय गर्ने प्रतिबद्धता

खबरडबली संवाददाता

झापा। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेको छन् । 

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेको छन् । 

करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७(६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम ९जेभी० सँग करिब ५१ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । 

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अब यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए। 

उहाँले भन्नुभयो, ‘‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं,चाँडै निकास दिन्छौं ।’’

स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवर्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । 

निर्माण व्यवसायीका तर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटि देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटिलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संसोधनबमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । 

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म ९गर्डर० हालिएको छ । छवटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ । 

सानोमाई खोला पुलको पनि निरीक्षण 

यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरेको थिए। बाढीका कारण उक्त पुल भाँचिएको थियो । 

उनले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे। मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलगायत थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्ज पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...

अर्थ मन्त्रालयले एकैपटक गर्याे ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...

रमेश लेखकलाई रिहाइ गर्न अस्वीकार, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाइको आद...

सर्वसाधारणसँग गर्ने बोली र व्यवहार सुधार्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सि...

सडक ऐनको संशोधन विधेयक पारित

लेखनाथ। गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । शनिबार भएको...

प्रधानमन्त्री शाहले गरे कोशी प्रदेशका सांसदहरूसँग छलफल, जिल्लाका समस्याबारे ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...

आज पनि माइतीघरबाट एमालेको प्रदर्शन सुरु

काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...

प्रधानमन्त्री बालेनले सुरु गरे सांसदहरूसँग छलफल, श्रम संस्कृतिले गर्याे बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...

रास्वपा सांसदलाई पनि विभिन्न मन्त्रालयमा खटाउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...

बिरामी ओली भाग्ने अवस्था थिएन, सरकारले जरुरी पक्राउ पुर्जीको दुरुपयोग गर्याे: वरिष्ठ अधिवक्ता मिश्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending