Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

सचिवालयको प्रतिक्रिया : प्रचण्डविरुद्धको प्रचार नियोजित र प्रायोजित

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पछिल्ला दिनहरूमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् फैलिएका समाचार तथा आरोपहरूको तीव्र खण्डन गरेको छ ।

शुक्रबार जारी विज्ञप्तिमा सचिवालयका संयोजक गोविन्द आचार्यले प्रचण्ड र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी गरिएको “तथ्यहीन, चरित्रहत्या र प्रायोजित प्रचारप्रसार”प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको चरित्रहत्या र मानहानी गर्ने गतिविधि निषेधित छन् । तर पछिल्ला केही सामग्रीहरूमा कानूनी र पत्रकार आचारसंहिताका मापदण्ड तोडेर एकतर्फी, पूर्वाग्रही र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट छ।”

सचिवालयले केही सञ्चार माध्यम र डिजिटल प्लेटफर्ममा आएका ती सामग्रीहरूलाई “वाम नेतृत्वमाथि नियोजित आक्रमण”का रूपमा व्याख्या गरेको छ ।

विज्ञप्तामा विशेष गरी ‘जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’, ‘सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको’ र ‘गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको’ जस्ता दाबीहरूलाई “पूर्णरूपमा निराधार र भ्रामक” बताइएको छ । सचिवालयले ती आरोपहरूको सत्यता प्रमाणित गर्न सम्बन्धित सञ्चार माध्यमलाई चुनौती दिएको छ ।

साथै, डिजिटल माध्यमबाट गरिएको यस्ता गलत प्रचार–प्रसार साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।

विज्ञप्तिको अन्त्यमा जनतालाई यस्ता भ्रामक र दुरासयपूर्ण प्रचारको भ्रममा नपर्न अपिल गर्दै भनिएको छ, “भविष्यमा यस्ता सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्षले नै वहन गर्नुपर्नेछ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’, सरकारी कार्यालयको फोहोर र अस्तव्यस्ततामाथि ‘एक्सन’

काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउन भन्दै ...

सामान्य विवादका क्रममा छुरा प्रहार हुँँदा एकको मृत्यु

सुनसरी । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार धरान उपमहानगरपालिका-१९ मा स्थानीय युवाहरूबिच भएको सामान्य विवादका क्रममा छु...

लोघेकर दामोदरकुण्डद्वारा सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोग

मुस्ताङ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य ऊर्जा प्रणाली जडित हरित ऊर्जा प्रयोगमा ल्याएको छ । जलवायु क्षति न्यूनीकरण तथा वातावरणीय स्वच्छता कायम ...

'सुकुमबासी समस्यालाई दीर्घकालीन योजना बनाएर अगाडि बढौँ'

रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।  जिल्लाको चन्द्रपुर–२ टेम्प...

श्रीलङ्कामा बिजुली महसुल वृद्धि

काठमाडाैं । पश्चिम एसियामा जारी युद्धका कारण ऊर्जा आपूर्तिमा आएको असरले लागत बढेपछि श्रीलङ्काले बिजुली महसुल १८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । ...

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाडौं । प्रहरीले मुलुकका विभिन्न स्थानमा चेकजाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कास्की र ललितपुरमा जा...

मकवानपुरमा लोक गायक राजु परियारसहित ७ स्रष्टा सम्मानित

मकवानपुर । मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्था...

गुमनाम बन्दै नेकपा, मौन नेतृत्वले कार्यकर्ता अन्योलमा

काठमाडौं । एक समय देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिका रूपमा उभिएको नेकपा अहिले भने गुमनाम जस्तै बन्न थालेको छ । पार्टीका शीर्ष नेताहरू सार्वजनिक...

अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षण पछि ...

चोरीको मोटरसाइकलले ठक्कर दिँदा युवती गम्भीर, फरार युवक पक्राउ

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका–५ स्थित आईटी चाेकमा मोटरसाइकलको ठक्करबाट युवती गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending