काठमाडौँ । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
झापा-शिवसताक्षी नगरपालिका–१ मन्दिर टोलमा प्र.१–०१–०१६ प ९३५८ नम्बरको स्कुटर र प्र.१–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा स्कुटर चालक बिर्तामोड–५ की २५ वर्षीया निरूता भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा स्कुटरमा सवार एक जना र मोटरसाइकल चालक घाइते छन् ।
सप्तरी-अग्नीसाइर कृष्णसवरन गाउँपालिका–२ चाँदनी चोकमा ट्रक (ना.१ अ.यो. १८६) ले ठक्कर दिँदा सोही ठाउँका ७६ वर्षीय बमभोज चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालक फरार रहेका र प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
तनहुँ-आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा ग.२६ प २२११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही गाउँपालिका–२ बसपार्क बस्ने रूपन्देहीका २८ वर्षीय बिजय तामाङको मृत्यु भएको छ । घाइतेलाई सिएमसी अस्पताल चितवन रिफर गरिएको छ ।
त्यसैगरी बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा ग.१ ख ९७०८ नम्बरको बस र ग.२६ प ९२८७ नम्बरको स्कुटर ठोक्किँदा गोरखा धार्चे गाउँपालिका–७ का २८ वर्षीय पनराम गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते गुरुङको सिएमसी अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु-बुद्धभुमी नगरपालिका–२ गोरुसिङ्गे तौलिहवा चोकमा इभी भ्यान (बा.प्र.०१–००३२ च ८७६६) र मोटरसाइकल (प्र.१–०१–०१४ प १८६४) ठोक्किएर पुनः स्कार्पियो (लु.३ च ७५७) सँग ठक्कर खाँदा झापा बुद्धशान्ती–१ का २८ वर्षीय लोसन पौडेलको मृत्यु भएको छ । गम्भीर घाइते पौडेलको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो । भ्यान र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै जिल्लाको यसोधरा गाउँपालिका–५ सुठौलीमा रोकी राखिएको टेलर (यूपी ५१ एटी ४४५५) मा लु.२२ प ९४८४ नम्बरको मोटरसाइकल ठोक्किँदा बाणगंगा–२ पिपराका ३० वर्षीय गणेशकुमार गुप्ताको मृत्यु भएको छ । गम्भीर घाइते गुप्ताको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो । टेलर चालक फरार छन् ।
हुम्ला-चंखेली गाउँपालिका–४ बेशी खोलास्थित सडकमा मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जिप अनियन्त्रित भई दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका–६ का २८ वर्षीय मनबिर बुढा, २ वर्षीय देवाङ्स बुढा, सिमकोट–८ स्याण्डाका २८ वर्षीया बसन्ती रोकाया र ४ वर्षीया जागृती रोकाया रहेका छन् । अन्य ४ जना घाइतेको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।
डोटी-जोरायल गाउँपालिका–१ गोल्डेनमा अछामबाट धनगढीतर्फ जाँदै गरेको हाइस (सु.प.प्र.०१–००१ ख ३९५६) अनियन्त्रित भई दुर्घटना हुँदा अछाम मङ्गलसेन–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते २४ जनामध्ये ६ जनाको पद्मा अस्पताल अत्तरिया र १८ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सडक दुर्घटनासँग सम्बन्धित सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: